३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पृथ्वीनारायणको सालिकमा राष्ट्रपतिको माला 

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरिन्। सो अवसरमा नेपाली सेनाको टोलीले राष्ट्रपति भण्डारीलाई सलामी गारद अर्पण गरेको थियो ।

विस २०६३ देखि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा सरकारले बिदा दिन कटौती गरे पनि यो वर्षदेखि सार्वजनिक बिदा दिन शुरु गरेसँगै राष्ट्रपतिले सिंहदरबार पुगेर माल्यार्पण गरेकी हुन् । 

२९६औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज सिंहदरबारको पश्चिम गेटअगाडि रहेको शाहको सालिकमा पुगेर राष्ट्रपति भण्डारीसहित प्रधानमन्त्री शेरबहादुर देउवाले माल्यार्पण गरेका थिए ।

यसैगरी उपप्रधानमन्त्री कमल थापा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देव, महिला, बालबालिका तथा समाजकल्याणमन्त्री विक्रमबहादुर थापा, आपूर्तिमन्त्री जयन्त चन्द, प्रधानसेनापति राजेन्द्र क्षत्री, विभिन्न प्रतिष्ठानका कुलपति, उपकुलपति, सदस्यसचिव, काँग्रेस नेता डा रामशरण महतलगायत नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रमुख तथा उच्च पदस्थ कर्मचारीहरुले शाहको सालिकमा माल्यार्पण गरेका थिए । 

प्रकाशित : पुस २७, २०७४ १४:५७
प्रतिक्रिया
पठाउनुहोस्