टुंडिखेलमा माघी मनाउँदै थारु समुदाय

कान्तिपुर संवाददाता

काठमाडौँ — उपत्यकामा बसोबास गर्ने थारु समुदायले टुंडिखेलमा जम्मा भएर सोमबार माघी मनाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रमुख अतिथिको रुपमा निम्त्याएर मनाइएको माघी कार्यक्रममा थारु संस्कृति प्रदर्शन गरिएको छ ।

कार्यक्रममा उपस्थित थारु समुदाय आफ्नो जातीय पोशाकमा सजिएका छन् भने प्रधानमन्त्री देउवालाईसमेत थारु पोशाक लगाई दिएका छन् ।

तस्बिहरु: इलिट जोशी/कान्तिपुर ।

प्रकाशित : माघ १, २०७४ १५:१२
प्रतिक्रिया
पठाउनुहोस्