१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बागमतीमा व्रतालु

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वस्थानी व्रत कथासँगै सुरु हुने माधव नारायण पर्व पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने गर्दछ । उक्त अवधीमा श्रद्धालुहरु भक्तपुरको हनुमानघाट लगायत काठमाडौं उपत्यकाका विभिन्न तीर्थस्थल तथा नदीहरुमा गएर नुहाई पवित्र भएर माधव नारायणको उपासना गर्ने गर्दछन् । सोही परम्परा अनुसार आज व्रतालुहरुले पशुपतिको बागमतीमा नदीमा स्नान गरेर पुजा गरेका छन् ।

एक महिने अवधिमा माघ शुक्लपक्ष एकादशीका दिन मुख्यतया पुरुष व्रतालुहरुले तौमढीस्थित तिलमाधव नारायण दर्शन गरी सो स्थानदेखि बाटोमा गुल्टिँदै, शरीरले नाप्दै र शंख फुक्दै हनुमानघाटको त्रिवेणीसम्म पुगेर जलाशयमा स्नान गर्ने गर्छन् ।यस व्रतमा साना केटाकेटीदेखी बुढापाका सबै उमेरका मानिसहरुको सहभागीता हुने गरेको पाईन्छ।

यसलाई स्वस्थानी व्रतकथासँग पनि जोडेर हेर्ने गरिन्छ । माधव नारायणका व्रतालुहरु पनि साँखुको साली नदीमा पुगेर स्नान तथा पुजा गर्ने गर्दछन् ।

प्रकाशित : माघ २, २०७४ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्