कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

झम्के साँझमा नारायणी किनार दर्शकमय [तस्बिरहरु]

विमल खतिवडा

चितवन — माघे संक्रान्तिको दिन सोमबार साँझ ५ नबज्दै चितवनको नारायणी नदी किनार दर्शकमय बन्यो । दाताज इभेन्ट म्यानेजमेन्टले दर्शक जम्मा गर्ने काम गरेको थियो । त्यो पनि नेपालको चर्चित सांगीतिक समूह नेपथ्यलाई निम्ताएर । बालबालिकादेखि वृद्धवृद्धासम्म नेपथ्यको सांगीतिक प्रस्तुति हेर्न जम्मा भएका थिए । गायक अमृत गुरुङले जोशीलो पारामा गीत गाउँदै दर्शकलाई साँझ ८ बजेसम्म झुमाए । दर्शकदीर्घा एकोहोरो नाचिरह्यो ।

दर्शकले नेपथ्यको सांगीतिक प्रस्तुतिमार्फत चिसो भुल्ने अवसर पाए । गायक गुरुङले डेढ दर्जन बढी गीत गाए । दर्शकबीच फोटो र भिडियो खिच्न होडबाजी नै चल्यो । स्थापनाको २५ औं वर्ष मनाउने क्रममा नेपथ्य दर्शकलाई भेट्न सांगीतिक कार्यक्रममार्फत चितवन आएको हो ।

नारायणी किनार बन्यो दर्शकमय [तस्बिरहरु]


दर्शकले नेपथ्यको सांगीतिक प्रस्तुतिमार्फत चिसो भुल्ने अवसर पाए । गायक गुरुङले डेढ दर्जन बढी गीत गाए । दर्शकबीच फोटो र भिडियो खिच्न होडबाजी नै चल्यो । स्थापनाको २५ औं वर्ष मनाउने क्रममा नेपथ्य दर्शकलाई भेट्न सांगीतिक कार्यक्रममार्फत चितवन आएको हो ।


प्रकाशित : माघ २, २०७४ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्