१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

माधवनारायणका व्रतालुको 'परदेश' यात्रा- चाँगुनारायण

तस्बिर : अंगद ढकाल

काठमाडौँ — स्वस्थानी व्रत कथासँगै सुरु हुने माधव नारायण पर्व पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने गर्दछ । उक्त अवधीमा श्रद्धालुहरु भक्तपुरको हनुमानघाट लगायत काठमाडौं उपत्यकाका विभिन्न तीर्थस्थल तथा नदीहरुमा गएर नुहाई पवित्र भएर माधव नारायणको उपासना गर्ने गर्दछन् ।

व्रतालुहरुले आज भक्तपुरको चांगुनारायणमा स्नान गरेका छन् ।

एक महिने अवधिमा माघ शुक्लपक्ष एकादशीका दिन मुख्यतया पुरुष व्रतालुहरुले तौमढीस्थित तिलमाधव नारायण दर्शन गरी सो स्थानदेखि बाटोमा गुल्टिँदै, शरीरले नाप्दै र शंख फुक्दै हनुमानघाटको त्रिवेणीसम्म पुगेर जलाशयमा स्नान गर्ने गर्छन् ।यस व्रतमा साना केटाकेटीदेखी बुढापाका सबै उमेरका मानिसहरुको सहभागीता हुने गरेको पाईन्छ।

यसलाई स्वस्थानी व्रतकथासँग पनि जोडेर हेर्ने गरिन्छ । माधव नारायणका व्रतालुहरु पनि साँखुको साली नदीमा पुगेर स्नान तथा पुजा गर्ने गर्दछन् ।


प्रकाशित : माघ १४, २०७४ १३:४८
प्रतिक्रिया
पठाउनुहोस्