कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

रमाउँदै श्रम गर्दै विदेशी युवाहरु

हरि गौतम

रुकुम (पश्चिम) — त्रिवेणी गाउँपालिका–६, दहवाङमा २ महिनादेखि विश्वका विभिन्न देशका युवाहरु भवन निर्माणको काम गरिरहेका छन् । एकीकृत स्रोत केन्द्र निर्माण गर्ने भन्दै उनीहरुले नि:शुल्क श्रम गरेर स्रोत केन्द्रको भवन निर्माणमा जुटिरहेका हुन् ।

कृषिदेखि आइटीसम्मको सेवा एकै ठाउँबाट प्रवाह गर्ने उद्देश्यसहित दहवाङमा भौतिक पूर्वाधारका काम भइरहेका छन् । विभिन्न १८ वटा तेश्रो मुलुकका युवाहरुले काठ काट्नेदेखि पर्खाल ठड्याउनेसम्मको काम आफै गरिरहेका छन् ।

स्रोत केन्द्र स्थापनाका लागि हाल उक्त ठाउँमा तीन कोठे भूकम्प प्रतिरोधी भवन बन्दै छ । उक्त भवनको ग्यारेन्टी एक सय बर्षको हुने दावी उनीहरुले गरेका छन् । छुट्टै प्रविधिमार्फत घर निर्माण भइरहेको हो । भवन निर्माणमा संलग्न विदेशीहरुले आफ्नै खर्चमा सबै काम गरिरहेका छन् ।

उक्त भवन निर्माणमा जुटेका विदेशीहरुले रमाउँदै काम गर्ने गरेका छन् । टेन्टमा बसेर गाउँ विकासका लागि सात समुन्द्रपारीबाट आएकाहरुले भवन निर्माणका लागि यसरी काम गरिरहेका छन् ।


प्रकाशित : माघ १६, २०७४ १३:४३
प्रतिक्रिया
पठाउनुहोस्