जय भोले बम बम...
काठमाडौँ — यतिबेला पशुपति परिसरमा विभिन्न प्रकारका जोगी-बाबाहरुको भीड छ । शिवरात्रि नजिकिँदै गर्दा पशुपतिमा बाबाहरुको आगमन बढेको छ । पशुपतिमा भारतलगायत नेपालका विभिन्न मठ-मन्दिरबाट बाबाहरु आउने गर्दछन् ।
यस वर्षदेखि पशुपतिमा बाबाहरुलाई समेत गाँजा खान निषेध गरे पनि बाबाहरु भने गाँजाले लठ्ठिएका देखिन्छन् । उनीहरुमा सरकारी निकायले लगाएको प्रतिबन्धको कुनै असर परेको छैन । बाबाहरु धुनी जगाएर र खरानी घसेर आफ्नै सुरमा मग्न छन् ।
प्रकाशित : माघ २९, २०७४ १०:५०