कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

शिवरात्रिमा सेताम्मे जुम्ला [फोटो फिचर]

एलपी देवकोटा

जुम्ला — सोमबार दिउँसोदेखि जुम्लामा हिमपात भएपछि जुम्ला सेताम्मे भएको छ । खलंगामै दुई फिट हिउँ जमेको छ । हिउँ परेसँगै हिउँमा रमाउनेहरु पनि त्यतिकै देखिन्छन् ।

यस वर्ष ढिलो गरी हिउँ परेपनि धेरै नै हिउँ परेको स्थानीयहरु बताउँछन् । हिउँले किसानलाई फाइदा पुग्ने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । शिवरात्रीमा हिउँ जमेको देख्नु जुम्लीका लागि अवसर भएको पनि स्थानीयहरुले बताइरहेका छन् । हिउँ परेपनि मंगलबार घाम लागेकाले मानिसहरु सहजै हिँड्डुल गरिरहेका छन् । 

प्रकाशित : फाल्गुन १, २०७४ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्