मिथिला माध्यमिकी परिक्रमा ‘होरी’ उत्सव [फोटोफिचर]

सन्तोष सिंह

धनुषा — मिथिला माध्यमिकी परिक्रमामा रहेकाहरुले कञ्चनवनमा रंग अबिर दलेर होली मनाएका छन् ।महोत्तरीको मडैबाट बिहीबार कञ्चनवन आइपुगेका परिक्रमा यात्रुहरुले होरी गाउँदै रंग अबिर दलेर होली मनाएका हुन् ।

सुख, समृद्धि र शान्ति तथा चारधामको दर्शन गरे बराबरको फल प्राप्ति हुने विश्वासका साथ गरिने १५ दिने मिथिला माध्यमिकी परिक्रमा गर्ने जनविश्वास छ । नेपालको १ सय ७ र भारतको २६ गरी १ सय ३३ किलोमिटर मिथिला परिक्रममा सहभागीहरु १५ दिन रात्रि बास बसेर बिहानै यात्र प्रारम्भ गर्ने चलन छ । साधु, सन्त महन्थ र गृहस्थहरुको सहभागिता रहेको पाइन्छ ।

धनुषाको कचुरीस्थित मिथिलाविहारी मठबाट मिथिलाविहारीको डोलाको नेतृत्वमा सुरु हुने परिक्रमाका यात्रुहरु भारतको कलना , फुलहर, करुणा र विसौल मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड, कञ्चनवन हुँदै धनुषाको पर्वता, धनुषाधाम, सतोषर, औरहीमा रात विश्राम गरी पूर्णिमाको अघिल्लो रात जनकपुर आइपुग्छन् । पूर्णिमा बिहान जनकपुरको अन्तगृह परिक्रमा गरी होली खेली १५ दिवसीय यात्रा सम्पन्न गरिन्छ ।

धार्मिक एवम् पारस्परिक सद्‍भावको प्रतीक बनेको परिक्रमा यात्राको नेपालमा १३ तथा भारतमा दुई गरी १५ ठाउँमा रात्रि विश्राम गर्ने गरिन्छ । मिथिला महात्म अनुसार अठारौं शताब्दीदेखि माध्यमिकी परिक्रमाको रुपमा मनाइँदै आएको यस धर्मयात्राका सहयात्रीले रात्रि भजनकीर्तन गरी १५ दिन बिताउने गर्दछन् ।


प्रकाशित : फाल्गुन १०, २०७४ १९:४४
प्रतिक्रिया
पठाउनुहोस्