वसन्तपुरमा होलीको चीर गाडियो

तस्बिर : इलिट जोशी, तस्बिर : अंगद ढकाल

काठमाडौँ — रंगहरुको पर्व होली सुरु भएको संकेत स्वरुप शुक्रबार उपत्यकाको वसन्तपुरमा विधिवत रुपमा चीर (लिंगो) गाडिएको छ ।

शुक्रबार मध्यान्ह १२ बजेको शुभसाइतमा रंगीचंगी कपडाको टुक्रा झुण्डाएर चीर गाडिएको हो । हनुमानढोका दरबारको मूलद्वार अगाडि बीस फिट अग्लो, तीन तले छत्र आकारमा रंगीचंगी कपडाका टुक्रा झुण्डाएर सिंगारिएको चीर लिंगो गाडेजस्तै गरी मानन्धर समुदायद्वारा फाल्गुन शुक्ल अष्टमीका दिन गाड्ने चलन रहेको छ । शुभसाईतमा चीर गाड्दा हनुमानढोकामा गुरुजूको पल्टनले हर्ष बढाइँ गरी सलामी समेत दिएका थिए ।

चीर गाडेपछि होली विदिवत रुपमा सुरु भएको मानिन्छ । होलीको मुख्य दिन चीर लडाएर दहन गर्ने गरिन्छ । यसवर्ष पहाडी जिल्लामा फागुन १७ गते र तराईमा १८ गते होली पर्व मनाइँदै छ ।

प्रकाशित : फाल्गुन ११, २०७४ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्