३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

पिंकाथन दौड सम्पन्न

तस्बिर : कविन अधिकारी

काठमाडौँ — महिला स्वास्थ्यका विषयमा सचेतना बढाउन काठमाडौंमा शनिबार दोस्रो ‘पिंकाथन’ महिला दौड सम्पन्न भएको छ । गतवर्षबाट नेपालमा सुरु भएको पिंकाथन दौडमा २ हजार भन्दा बढी महिलाले भाग लिएका नेपालस्थित आयोजक लेजर पोर्टका नमराज जोशीले बताए । 

शनिबार महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट दौड आरम्भ भएको थियो ।महाराजगन्ज, बालुवाटार, टंगाल, गैरीधारा, लैनचौर, ठमेल, सिंहदरबार, जमल, सामाखुसी, लाजिम्पाट हुँदै पुन: महाराजगन्जमा टुंगिएको थियो ।

पिंकाथनमा ३, ५, १० र २१ किमि दूरीको दौड भएको थियो । दौडमा प्रथम, दोस्रो र तेस्रो हुनेलाई पुरस्कार समेत प्रदान गरिएको छ ।काठमाडौं दौडपश्चात् पोखरामा पनि पिंकाथन आयोजना गर्ने जोशीको योजना छ। 

प्रकाशित : फाल्गुन १२, २०७४ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्