२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

चर्चित स्रष्टालाई पोखरामा अभिनन्दन [फोटोफिचर]

शब्द/तस्बिर : भीम घिमिरे

पोखरा — कला, साहित्य, समाजसेवा, राजनीति, खेलकुद, पत्रकारिता र आर्थिक क्षेत्रलगायत विभिन्न विधामा योगदान गरेका व्यक्तित्वहरूलाई लायन्स क्लबको अन्तर्राष्ट्रिय स्थापनाको सय वर्षको अवसर पारेर शनिबार पोखरामा सम्मान गरिएको छ । न्युरोडस्थित पोखरा सभागृह अगाडिबाट सजावट गरिएका गाडीहरूमा बसाएर नगर परिक्रमा गराउँदै प्रदर्शनी केन्द्र मैदानमा आयोजित समारोहमा सम्मान गरिएको हो । बाजागाजा र विभिन्न प्रकारका झाँकीसहितको र्‍याली समारोहस्थलमा पुगेको थियो । लामो समयदेखि विभिन्न विधामा क्रियाशीलहरूलाई समारोहमा आयोजक लायन्स र पोखरा महानगरपालिकाका तर्फबाट उपराष्ट्रपति नन्दबहादुर पुनले सम्मान गरे ।

नागरिक अभिनन्दन कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रमुख आतिथिका रूपमा निम्त्याइएको थियो । अन्तिम समयमा उनी आउन अनुकूल नभएको जानकारी दिइएपछि उपराष्ट्रपति पुनलाई बोलाइएको आयोजकले जनाएका छन् । आयोजक लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ वी१ का डिस्ट्रिक्ट गभर्नर धनराज आचार्यका अनुसार लायन्सको आयोजना भए पनि महानगरपालिकाको पनि सहयोग लिइएको हो ।

सतवार्षिकी समारोहमा अभिनन्दका लागि निम्त्याइएका सयजनामध्ये आधा दर्जनमात्रै अनुपस्थित रहे । सम्मानित हुनेमा भीमराज नौलखा, ध्रुवचन्द्र गौतम, केदारभक्त माथेमा, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, जर्ज जोन, राजेश हमाल, हरिदेवी कोइराला, खड्ग गर्बुजा, सीताराम कट्टेल, तीर्थ श्रेष्ठ, बैकुण्ठ मानन्धर, अमृत गुरूङ, भुवन चन्द, विजय लामा, बमबहादुर कार्की, जगदीश अग्रवाल, योगी विकाशानन्द, हेमानन्द गिरी र कुन्ती मोक्तानलगायत छन् ।

प्रकाशित : फाल्गुन २६, २०७४ १६:०७
प्रतिक्रिया
पठाउनुहोस्