कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

यसरी मनाइयाे ५३ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस (फाेटाे फिचर)

विद्या राई

काठमाडौँ — आज मार्च २१ अर्थात् ५३ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस उपत्यकासहित देशभर विभिन्न कार्यक्रम गरेर भव्यताका साथ मनाइएको छ ।

उपत्यकामा दलित अधिकारका पक्षमा वकालत गर्ने विभिन्न संघसंस्थाले संयुक्त रुपमा जनचेतनामूलक कार्यक्रम गरिरहेका छन् । बबरमहलदेखि बानेश्वरसम्म बाजागाजासहितको शान्तिपूर्ण ऱ्याली निकालिएकाे थियाे ।

संयुक्त राष्ट्र संघले सन् १९६५ मा जातीय विभेद उन्मुलनसम्बन्धी महासन्धि पारित गरेपछि जातीय र रंगभेद उन्मुलन दिवस विश्वमा मनाउने घोषणा गरेको थियो । नेपालले भने उक्त महासन्धिलाई सन् १९७१ मा मात्रै अनुमोदन गरेको थियो । तर दिवसका रुपमा भने सन् १९६६ देखि मात्रै मनाउन थालिएको थियो । त्यसयता हरेक वर्ष मार्च २१ तारिखमा मनाउने गरिन्छ ।

नेपाललाई ०६२/६३ को जनआन्दोलन पछि पुन:स्थापित संसद्ले २०६३ साल जेठ १६ मा छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको थियो ।


प्रकाशित : चैत्र ७, २०७४ १५:३२
प्रतिक्रिया
पठाउनुहोस्