कोरिया क्रेज (फोटोफिचर)

सरोजकुमारी चौधरी

काठमाडौँ — कोरियामा प्रक्षिक्षार्थी कमदारको रुपमा जाने कार्यले पछिल्ला बर्षहरुमा व्यापकता पाएको छ । सुरक्षित र कमाईको हिसावले पनि राम्रो मानिने हुँदा कोरिया जान चाहने युवाहरुको संख्या दिन प्रतिदिन बढ्दो छ ।

कोरियामा प्रक्षिक्षार्थी कामदारको रुपमा जानका लागि कोरियन भाषा परीक्षा अनिवार्य रुपमा पास गर्नु पर्ने हुन्छ । अगामी जेठमा हुने भाषा परीक्षाका लागि बिहीबार युवाहरुको ठूलो जमात ग्लोवल आइएमइ बैंकका शाखा कार्यालयहरुमा भौचर लिएर उभिएका छन् ।

कतिपयले अघिल्लो साँझादेखि नै लाइन बसेको बताएका छन् ।

श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको इपीएस शाखाका अनुसार हालसम्म ५१ हजार कामदार यस प्रकृयाबाट कोरिया गएका छन् । बिहीबार फारम भरेकाले अगामी जेठको अन्तिम् साता परीक्षा दिने छन् । यो सन् २०१९ को लागि मागिएको ७ हजार १ सय जनाको लागि परीक्षा लिन लागिएको हो । सन् २०२० को लागि १० हजारको कोटा आएको छ । फोटोहरु : अंगद ढकाल/कान्तिपुर ।

प्रकाशित : चैत्र ८, २०७४ १४:०५
प्रतिक्रिया
पठाउनुहोस्