१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

रारामा चहलपहल [फोटोफिचर]

शब्द/तस्बिर : विमल खतिवडा

रारा (मुगु) — कर्णाली रारा पर्यटन वर्ष २०७५ शुभारम्भ शनिबार हुँदैछ । कर्णाली प्रदेश सरकारको आयोजनामा सुरु हुन लागेको पर्यटन वर्षको प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्दैछन् । शुक्रबार साँझ रारा पुगेका ओलीले शनिबार बिहान देशवासीको नाममा सम्बोधन गरेका छन् ।

पर्यटन वर्ष शुभारम्भ कार्यक्रममा सहभागी हुन प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश प्रमुख, प्रदेश तथा संघीय सांसदहरु, प्रदेश मन्त्रालयका कर्मचारीहरु, सञ्चारकर्मीहरु रारा पुगेका छन् । उद्घाटनका लागि स्वागत गेट, मञ्च व्यवस्थापनलगायतका तयारीहरु गरिएका छन् । रारामा चहलपहल बढेको छ । नयाँ वर्षसँगै प्रदेश सरकारको निमन्त्रणमा यहाँ आउने आगन्तुकहरुलाई आवास व्यवस्थापन गर्न टेन्ट बनाइएको छ । करिब डेढ सय टेन्ट छन् ।

कार्यक्रमका लागि नेपाली सेना, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालित छन् । प्रदेश सरकारको पहिलो बैठकले नयाँ वर्षका अवसरमा प्रमुख पर्यटकीय स्थल मुगुको रारा ताललाई केन्द्रमा राखेर ‘पर्यटन वर्ष’ मनाउने निर्णय गरेको थियो । ‘कर्णाली समृद्धिको आधार : पर्यटनको विकास र पूर्वाधार’ भन्ने नाराका साथ पर्यटन वर्ष मनाउन लागिएको हो ।


प्रकाशित : वैशाख १, २०७५ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्