कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

यसरी मनाइयो लुम्बिनीमा थाई नयाँ वर्ष [फोटोफिचर]

तस्बिर : मनोज पौडेल

कपिलवस्तु — बुद्धजन्मस्थल लुम्बिनीमा थाइल्यान्डको नयाँ वर्ष २०१८ संक्राङ्ग मनाइयो । थाइल्यान्डमा नयाँ वर्षलाई संक्राङ्ग पर्वका रुपमा मनाइन्छ । थाइल्यान्डले राष्ट्रिय रुपमा विभिन्न कार्यक्रम गरेर मुलुकभर ५ दिनसम्म नयाँ वर्ष कार्यक्रमअन्तर्गत यहाँ पनि मनाइएको हो ।

पाँच दिने कार्यक्रमको अन्तिम दिन लुम्बिनीस्थित शान्ति द्विप नजिक बेबी बुद्धमा पूजाआजा गरिएको थियो । उक्त अवसरमा बेबी बुद्धलाई विधिपूर्वक नुहाई पूजा गरी विश्व शान्तिका लागि प्रार्थना गरिएको थियो । त्यसपछि रोयल थाई विहारमा पुगेर शान्तिको कामना गर्दै परित्राण पाठ गरिएको थियो । उक्त अवसरमा दिवंगत थाई संघराजा द्वय फ्रा गनसंभरा र समडेट बुद्धचन तथा भारतका लागि पहिलो थाई धर्मदूत फ्रा महा सुमेधदीपतिको संझना गर्दै दिवंगत आत्माको आत्माको चीर शान्तिको कामना गर्दै पुण्य अनुमोदन गरियो । लुम्बिनीमा रहेका विभिन्न मुलुकका थेरबादी सम्प्रदायका १५ जना भिक्षुलाई चिबर (पहेलो बस्त्र) दान गरियो ।

कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महाअस्थवीरले मानवलाई महान ज्योति, आशा र सर्वोच्य आनन्द प्रदान गरेका भगवान गौतम बुद्धलाई सधैं शान्तिका लागि उत्प्रेरित गर्ने नेपाली भूमिप्रति जति विदेशीले श्रद्धा र नमन गर्छन् उत्तिकै नेपालीले पनि गर्नु पर्ने वातावरण बनाउनु पर्ने बताए । संसारमै नेपाल र नेपाली सबैको शिर उच्च छ उनले भने यसलाई ब्राण्डिङ्ग गरेर ५ नंबर प्रदेशकै समृद्धिको आधार बनाउनु पर्छ ।


प्रकाशित : वैशाख ४, २०७५ १६:१८
प्रतिक्रिया
पठाउनुहोस्