२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

रनवे बन्द हुँदा विमानस्थलमा यात्रु अलपत्र

मालिन्दो एयर दुर्घटना
तस्बिर : इलिट जोशी

काठमाडौँ — मलेसियाका लागि उड्न लागेको मालिन्दो एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमै धसिएर विमानस्थल बन्द भएपछि अन्तर्राष्ट्रिय उडानमा आएका यात्रुहरु अलपत्र परे ।

विमानस्थलमा आज बिहानैदेखि यात्रुहरु आफ्नो उडानबारे सम्बन्धित एयरलाइन्ससँग जानकारी लिइरहेका थिए । धेरैजसो एयरलाइन्सले विमानस्थलमा सूचना टाँस गरेका थिए । मालिन्दो जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमै धसिएर बन्द भएको अन्तर्राष्ट्रिय उडान आज मध्याह्नबाट चालु भइसकेको छ । हिजो राति दुर्घटनामा परेको जहाजलाई तानेर त्यहाँबाट हटाएपछि अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आएको छ । गएरातिदेखि विमानस्थल बन्द भएपछि विमानस्थलमा यात्रुहरु अलपत्र परेका छन् ।  विमान दुर्घटना भएको १४ घण्टा पछि पुनः अन्तर्राष्ट्रिय उडान शुरु भएको थियो । विमानस्थलमा स्वदेशी तथा विदेशी यात्रुहरु अलपत्र परे । 

मालिन्दो एयरको जहाज मलेसिया उडान भर्ने क्रममा बिहीबार राति १० बजेर ७ मिनेटमा धावनमार्गबाट अनियन्त्रित भएर करिव ४० मिटरसम्म कोटेश्वरखण्डको घाँसे मैदानमा पुगेकाले सबै अन्तर्राष्ट्रिय उडान बन्द भएको थियो । 

अन्तर्राट्रिय उडान शुरु भएसँगै पहिलो प्राथमिकता हिजो राति अन्यत्र मोडिएका विमानलाई अवतरण गराइने विमानस्थलले जनाएको छ । 


प्रकाशित : वैशाख ७, २०७५ १५:०१
प्रतिक्रिया
पठाउनुहोस्