कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

यस्तो बन्दैछ, राष्ट्रपतिले सम्बोधन गर्ने सभाहल

तस्बिर : मनोज पौडेल

कपिलवस्तु — २५६२ औं बुद्धजयन्तीका उपलक्ष्यमा राष्ट्रपति विद्यादेबी भण्डारीले संबोधन गर्ने सभाहल निर्माण अन्तिम चरणमा पुगेकोछ । ३ हजार अट्ने हलको स्ट्रक्चर (भौतिक निर्माण) को काम पुरा भईसकेको छ ।

‘शुक्रबारसम्ममा ९२ प्रतिशत बढी काम सम्पन्न भएको छ’ लुम्बिनी विकास कोष प्रोजेक्ट म्यानेजर तथा निमित्त सचिब ईञ्जिनियर सरोज भट्टराईले भने, ‘थोरै फिनिसिङ्गको काम मात्र बाँकी छ ।’ 

साउण्ड सिस्टम र फायर डिस्टिङ्गर समेत जडान गरि सकिएको छ । हलमा दिनरात पेन्टिङ्ग र मुख्य प्रवेश द्वार डिजाईनको काम भईरेहकोछ । अब २/३ दिन भित्रै काम सकिन्छ उनले भने । हलका लागि ३ हजार प्लाष्टिकको कुर्सी समेत ल्याई सकिएकोछ ।

नेपाली सेनाले लुम्बिनी अनुसन्धान केन्द्र र संग्रहालयको बीचमा अस्थाई प्रकृतिको पक्की सभा हल बनाईरहेको हो । चैत्र ७ बाट बनाउन थालेको हल महिना पुग्न लाग्दा निर्माण सकिन लागेको हो ।

प्रधानमन्त्री कार्यालयले नै चासो दिएर हल बनाउने प्रक्रिया शुरु गरेको हो । ठेक्का प्रकृयाबाट लामो समय लाग्ने हुँदा मन्त्रिपरिषद्को फागुन २८ गतेको बैठकको निर्णयबाट हल बनाउन सेनालाई जिम्मा दिईएको थियो । सेनाको विकास निर्माण निर्देशनालय काठमाडौंले लगत ईष्टिमेट तयार गरि काम द्रुत गतिमा बढाएको हो । 

फलाम, स्टिल र ट्रष्ट प्रयोग गरेर हल बनाईएको छ । माथी जस्तापाता र चारैतिर सिमेन्ट बोर्ड प्रयोग गरिएकोछ । हल ८० मिटर लामो, ४० मिटर चौडा छ । हल भित्र मञ्च सहित ३ हजार कुर्सी सजिलै अटने गरि बनाईएकोछ । सेनाले दिनरात गरेर काम गरिरहेको छ । लुम्बिनी विकास कोषका चालु खर्च शिर्षकबाट ३ करोड ९७ लाखको लागतमा बन्न लागेको हो ।

कोषले संझौताको सबै रकम सेनालाई निकासा दिईसकेको छ । सार्वजनिक खरिद ऐन/नियमावलीका प्रक्रिया अवलम्वन गरेर काम गर्न सक्ने अवस्था नहुँदा ऐन/नियमावलीमा भएको विषेश परिस्थितीको प्रक्रिया अवलम्बन गरि काम थालिएकोछ । त्यस कारण बजेट थोरै घटबढ हुन सक्ने प्रोजेक्ट म्यानेजर भटराईले बताए । 

राष्ट्रपति विद्यादेबी भण्डारीको प्रमुख आतित्थयामा हुने २५६२ औं बुद्धजयन्तीको मुख्य समारोह यही हलमा हुने कार्यक्रम छ । बैशाख १७ गते आयोजित मुल समारोहको उक्त कार्यक्रममा प्रधानमन्त्री केपी ओली पनि सहभागि हुने कार्यक्रम छ । ०७२ सालमा तत्कालिन प्रधानमन्त्री केपी शर्माओली बुद्धजयन्तीको कार्यक्रम मनाउन लुम्बिनी आउँदा एक दिन अघि बेलुका आएको हावाहुरीले मुल समारोह कार्यक्रम आयोजना गरिएको मञ्च बिगारेको थियो । सभास्थल हिलाम्य भएको थियो । रातारत सरसफाई गरिएको थियो । अँर्को दिनको बुद्धजयन्तीको कार्यक्रममा प्रम ओलीले लुम्बिनीमा कार्यक्रम गर्न ५ हजार अट्ने सभाहल बनाउने घोषणा गरेका थिए । उक्त घोषणा अनुसार हाललाई अस्थायी प्रकृतिको पक्की सभा हल बनाउन लागिएको लुम्बिनी विकास कोषका प्रोजेक्ट म्यानेजर ईञ्जिनयर सरोज भटराईले बताए । उक्त हलको उद्घाटन बैशाख १५ मा प्रम ओलीले गर्ने कार्यक्रम रहेकोछ ।


प्रकाशित : वैशाख ७, २०७५ १५:३८
प्रतिक्रिया
पठाउनुहोस्