१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको राष्ट्रिय फुटसल [फोटोफिचर]

सुबास हुमागाईं

काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको राष्ट्रिय फुटसल प्रतियोगितामा शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ । दक्षिण एसियामै सरकरी स्तरबाट यस्तो प्रतियोगिता पहिलोपटक आयोजना भएको हो ।

दुई दिने प्रतियोगिताअन्तर्गत पहिलो दिन शुक्रबार काठमाडौं ‘ए’ ले पूर्वाञ्चललाई २–१ तथा मध्यपश्चिमाञ्चललाई ६–० गोलले पराजित गर्दै सेमिफाइनल यात्रा तय गर्यो । अन्य खेलमा सुदूरपश्चिमाञ्चलले काठमाडौं ‘बी’ लाई १–० र काठमाडौं ‘बी’ ले मध्यमाञ्चललाई १–० गोलले हराए । पश्चिमाञ्चलले मध्यपश्चिमाञ्चललाई २–१ ले हरायो भने पश्चिमाञ्चल र पूर्वाञ्चलको खेल गोलरहित बराबरीमा टुंगियो ।

प्रतियोगितामा पाँच विकास क्षेत्र र काठमाडौंका २ गरी ७ टिम सहभागी छन् । प्रतियोगिताको विजेता टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो स्थान हासिल गर्ने टोलीले ३० हजार तथा तेस्रोले २० हजार रुपैयाँ पाउनेछन् ।

प्रकाशित : वैशाख ७, २०७५ २०:५१
प्रतिक्रिया
पठाउनुहोस्