बसन्तपुर अवलोकनमा राष्ट्रपति [फोटोफिचर]

तस्बिर : इलिट जोशी

काठमाडौँ — शक्तिशाली भूकम्प गएको तीन वर्ष पुगेको अवसरमा राष्ट्रपति विद्या भण्डारीले बुधबार बसन्तपुर दरबार क्षेत्रको अवलोकन गरेकी छन् । बुधबार दिउँसो बसन्तपुर पुगेकी राष्ट्रपति भण्डारीले दरबार क्षेत्रमा रहेका गद्दी बैठक, विभिन्न ऐतिहासिक मठ, मन्दिरहरु अवलोकन गरेकी हुन्न् । उनले भूकम्पले क्षति भएका पुरातात्विक र ऐतिहासिक महत्वका सम्पदाको पुनःनिर्माणबारे जानकारी लिएकी थिइन् ।

पुरातत्व विभाग, काठमाडौं महानगरपालिका र सम्बन्धित निकायबीच समन्वय, बजेट, दक्षजनशक्ति र आवश्यक सामग्रीको अभावले पुरातात्विक र ऐतिहासिक महत्वका सम्पदाको पुनःनिर्माणले तीव्रता पाउन सकेको छैन ।

गोरखाको बारपाक केन्द्रबिन्दु भई विसं २०७२ वैशाख १२ गते गएको भूकम्पबाट काष्ठमण्डप, हनुमान ढोका दरबारसहित त्यस क्षेत्रका ऐतिहासिक सम्पदामा ठूलो क्षति पुगेको थियो ।

प्रकाशित : वैशाख १२, २०७५ १७:३९
प्रतिक्रिया
पठाउनुहोस्