मोदीको मुक्तिनाथ दर्शनः दुईदिन अघि बेमौसमी हिमपात

दीपक परियार

काठमाडौँ — मुस्ताङमा बुधबार रातिदेखि बेमौसमी हिमपात भएको छ । साँझदेखि परेको भारी वर्षात्‌सँगै बाह्रगाउँ, मुक्तिक्षेत्र, दालोमे र लोमान्थाङ गाउँपालिकामा हिमपात भएको हो । वैशाख महिनाको अन्तिममा हिमपात भएको पहिलो अनुभव भएको स्थानीय बूढापाकाले बताएका छन् ।

करीब आधा फिट हिउँ जमेको र बिहानसम्म पनि हिउँ पर्ने क्रम जारी रहेको छुसाङबाट अमित तुलाचनले बताए ।

जल तथा मौसम पूर्वानुमान शाखाका वरिष्ठ मौसमविद बरुण पौडेलले शुक्रबारको मौसम सफा रहने भएपनि शनिबार र आइबारको मौसम फेरबदल हुन सक्ने बताए । उनले भने, 'शनिबार बिहानै मौसम सफा भएपनि मध्यान्हपछि आकाश धुम्मिएर बदली हुनसक्छ ।'

हिमपात र वर्षासँगै बढेको चिसोका कारण राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकलगायतका विकास आयोजनाको काममा समस्या भएको छ ।

जोमसोमदेखि उपल्लो मुस्ताङ जोड्ने सडकमा यातायात सेवा प्रभावित भएको छ ।

प्रकाशित : वैशाख २७, २०७५ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्