कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

प्रधानमन्त्री केपी ओली पेरिसडाँडामा [तस्बिरहरू]

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — नवगठित नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली तत्कालिन माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडा पुगेका छन् । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसहित ओली पार्टी कार्यालय निरीक्षणका लागि पेरिसडाँडा पुगेका हुन् । ओली पेरिसडाँडा विरलै जाने नेता हुन् ।

ओलीलाई पेरिसडाँडामा पूर्ववर्ती माओवादी (हाल नेकपा)का नेताहरुले स्वागत गरे । उनले जनयुद्धको प्रतिमामा माल्यार्पण गर्दै श्रद्धाञ्जलि अर्पण गरे ।

ओली र दाहालले त्यसअघि धुम्बाराहीस्थित तत्कालिन एमालेको पार्टी कार्यालयको निरीक्षण गरेका छन् ।दुवै पार्टी कार्यालयको निरीक्षणपछि केन्द्रीय कार्यालयको टुंगो लगाउने तयारी छ ।


प्रकाशित : जेष्ठ ४, २०७५ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्