संसदीय दलको बैठकः चक्लेट बाँडेर एकीकरणको खुशीयाली

तस्बिर : अंगद ढकाल

काठमाडौँ — नवगठित नेपाल कम्युनिष्ट पार्टी संसदीय दलको शनिबार बसेको बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको छ । पार्टी एकतापछि आज पहिलोपल्ट बानेश्वरमा बसेको संसदीय दलको बैठकमा सांसद देवप्रसाद गुरुङले ओलीलाई दलको नेता बनाउने प्रस्ताव गरेपछि सर्वसम्मतरुपमा पारित भएको हो ।

आफू दलको नेता चुनिएपछि प्रधानमन्त्री ओलीले चक्लेट बाँडेका थिए । अर्का अध्यक्ष पुष्पकमल दाहाललाई पनि चक्लेट दिएका थिए । उनले आफूले जितेको भन्दा पनि पार्टी एकीकरण भएको खुशीयाली चक्लेट बाँडेको बताए । उनले भने, 'यो खुशीयालीमा चक्लेट खाऊँ, अनि बोलौं ।'

प्रकाशित : जेष्ठ ५, २०७५ १३:१०
प्रतिक्रिया
पठाउनुहोस्