४ हजार मिटर उचाइमा यसरी दाैडिए धावक [फोटो फिचर]

कान्तिपुर संवाददाता

काठमाडौँ — तेस्रो टान अन्तर्राष्ट्रिय लाङटाङ–म्याराथन दौड प्रतियोगितामा नेपाली सेनाका खगेन्द्र भाट प्रथम भएका छन् । उनले ३ घण्टा ४९ मिनेट २७ सेकेण्डमा ४२ किलोमिटर दुरी पार गर्दै प्रथम भएका हुन् ।

सेनाकै भरत खत्री दोस्रो भए । उनले ४ घण्टा ६ मिनेट १८ सेकेण्डमा उक्त दुरी पार गरे । महिलातर्फ निरकला कुलुङ राई र पूर्णीमाया राई क्रमश:पहिलो र दोस्रो भए ।

संस्कृत पर्यटन तथा नागरिक उड्यान मन्त्री रविन्द्र अधिकारीले म्याराथन प्रतियोगिताको उद्घाटन गरेका थिए । प्रतियोगितामा महिला र पुरुष दुवैतर्फका प्रथम हुनेले १ लाख ५ हजार, दोस्रोले ७८ हजार ७ सय ५० र तेस्रोले ५२ हजार ५ सय नगद पुरस्कार र प्रमाण पत्र पाएका छन् ।

भूकम्पले क्षति गरेको लाङटाङ अहिले सुरक्षित छ भन्ने सन्देश फैलाउन ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल (टान)ले म्याराथनको आयोजना गरेको अध्यक्ष नवराज दाहालले बताए । लाङटाङलाई पदयात्राको तेस्रो गन्तव्य पनि मानिन्छ ।

तस्बिरहरु:कविन अधिकारी/कान्तिपुर


प्रकाशित : जेष्ठ ५, २०७५ २०:४३
प्रतिक्रिया
पठाउनुहोस्