२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

लुम्बिनीमा मनाइयो चिनियाँ बुद्ध जन्मजयन्ती [फोटोफिचर]

मनोज पौडेल

कपिलवस्तु — बुद्धस्थल लुम्बिनीमा चिनियाँ क्यालेण्डर अनुसार बुद्ध जन्मजयन्ती मनाइएको छ । चीनभर मंगलबार मनाइएको बुद्ध जन्मजयन्ती नेपालमा पनि मनाइएको हो । चिनियाँ क्यालेण्डर अनुसार यस वर्षको २६४२ औं बुद्ध जन्मजयन्ती नेपालको भन्दा १४ दिन पछि परेको हो । 

लुम्बिनीस्थित चीनको चुोङहुवा बौद्ध मोनाष्ट्रीद्वारा आयोजित कार्यक्रममा मायादेवी मन्दिर परिसरमा पीपलको रुखमुनी विशेष मण्डप सजाएर बेबी बुद्धको मूर्तिलाई नुहाइदिएर धार्मिक विधिपूर्वक पूजा गरी मनाइयो ।


बुद्ध जन्मनासाथ नुहाइदिएको हुनाले यहाँ पनि नुहाइएर कार्यक्रम गरिएको थियो । यसअघि बेबी बुद्धको मूर्तिलाई मायादेवी मन्दिरभित्र लगेर बुद्ध जन्मेको ठाउँमा पूजाआजा गरिएको थियो ।


कार्यक्रममा थाई, भियतनाम, म्यान्मार, तिब्बती भिक्षु र थेराबाद बौद्ध धर्मावलम्बीले शिलप्रार्थना र पाठ गरेका थिए ।


जोङहुवा बौद्ध मोनाष्ट्रीद्वारा दोस्रो ठूलो भिक्षु सु चुङ्ग युङले चिनियाँ परम्पराअनुसार पूजाआजा गराएका थिए ।


चीनको बेईजिङ, खुप्यु, सान्सी, सेन्चेन र सियानलगायत ठाउँबाट बुद्धजयन्ती मनाउन यहाँ ६० उपासक उपासिका आएका थिए ।


उक्त अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय शाक्यपुत्र र अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महाअस्थवीरले मन्तव्य दिएका थिए ।


त्यस्तै भियतनाम विहारले पनि आजै मायादेवी मन्दिर पुजा गरी बुद्धजन्म जयन्ती मनाएको छ । प्रकाशित : जेष्ठ ८, २०७५ १९:२८

प्रतिक्रिया
पठाउनुहोस्