घान्द्रुकमा अन्नपूर्ण महोत्सव (फोटोफिचर)

दीपक परियार

घान्द्रुक (कास्की) — पर्यटकीय गाउँ घान्द्रुकमा अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको तेस्रो एवं अन्तिम चरण चलिरहेको छ । बिहीबारदेखि सुरु भएको महोत्सवमा कास्की, पर्वत, लमजुङ, म्याग्दी, काठमाडौं लगायत स्थानबाट घान्द्रुकमा खचाखच पाहुना पुगेका छन् ।

Esewa Pasal

प्रकाशित : जेष्ठ १९, २०७५ १८:३५

महोत्सवमा अन्नपूर्ण गाउँपालिका अन्तर वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, खुला महिला भलिबल, खुला पुरुष बास्केटबल र भेट्रान पुरुष भलिबल प्रतियोगिता भइरहेका छन् । महोत्सवको पहिलो चरणमा गतवर्षको असोज २५ मा ४ हजार १ सय ३० मिटर उचाइमा रहेको एबीसीमा हर्जोगका शालिक शिलान्याससहित विविध कार्यक्रम गरिएको थियो ।

दोस्रो चरणमा गत पुष १० देखि १५ सम्म तमु ल्होसार विशेष कार्यक्रम भएको थियो । तेस्रो चरणमा घान्द्रुकमा स्थानीय कला शैली, परम्परागत झाँकी, साँस्कृतिक कार्यक्रम भइरहेका छन् । शनिबार सिक्लेसको गुरुङ समूहले घाटु नाच प्रदर्शन गरेका छन् । लमजुङको भुजुङबाट आएका गुरुङ समाजले पनि साँस्कृतिक कार्यक्रम प्रस्तुत गरे ।

Yamaha

महोत्सवका संयोजक ललिग गुरुङले महोत्सवले पर्यटन प्रबद्र्धनमा टेवा पुगेको बताए । ‘महोत्सव अघि दैनिक तीन सयदेखि चार सय पर्यटक एबीसी पुग्थें,’ उनले भने, ‘महोत्सवपछि सात सयसम्म पुगेको रेकर्ड छ ।’ महोत्सवकै कारण आन्तरिक पर्यटक ह्वात्तै बढेको उनले सुनाए । पर्यटन व्यवस्थापन समिति घान्द्रुकका अध्यक्ष किसम गुरुङले महोत्सव अवधिभर घान्द्रुकको होटल खचाखच भरिएको बताए । उनले पाहुनालाई सस्तो प्याकेजको व्यवस्था गरिएको जनाए । बेलुकाको खाना, एक रातको बास र विहानको खाजा एकजनालाई ७ सय ५० रुपैयाँमा उपलब्ध गराइएको छ ।

अन्नपूर्ण दिवस (जुन ३ तारिख) को अवसरमा आइतबार अन्नपूर्ण सेन्चुरी पदयात्रा मार्गमा ‘अन्नपूर्ण म्याराथन’ समेत हुँदैछ । अन्नपूर्ण आधार शिविर (एबीसी) बाट घान्द्रुकसम्म म्याराथन हुनेछ । आइतबार घान्द्रुकमा हुने समापन समारोहमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल आउँदै छन् ।

फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगले विश्वमै पहिलोपल्ट सन् १९५० मा आठ हजार मिटरमाथिको हिमाल अन्नपूर्ण प्रथम आरोहण गरेको स्मृतिमा उक्त दिवस मनाइन्छ । एबीसीबाट सुरु हुने ४२.१९५ किलोमिटर दूरीको म्याराथन माछापुच्छ्ेर आधार शिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, घुर्जुङ, चुइँले, टाडापानी, भैंसीखर्क हुँदै घान्द्रुकमा समापन हुनेछ । कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने उक्त क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्छ ।

म्याराथनमा ७० विदेशी एवं नेपाली धावकले सहभागिता जनाउँदै छन् । म्याराथनमा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश: एक लाख, ७० हजार र ५० हजार रुपैयाँ पाउनेछन् । सान्त्वना स्वरुप १० धावकलाई पुरस्कृत गर्ने योजना छ । टेक्निकल डाइरेक्टर खड्ग रानाभाटले धावक एबीसी पुगिसकेको बताए ।

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

कान्तिपुरकर्मी मानन्धर पुरस्कृत

कान्तिपुर संवाददाता

दोलखा — नेपाल पत्रकार महासंघ दोलखा शाखाले स्थापना गरेको विकास पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका उपसम्पादक राजेन्द्र मानन्धरलाई प्रदान गरिएको छ ।

दोलखाको विकासमा पत्रकारिताको माध्यमबाट टेवा पुर्‍याएवापत १० हजार नगद राशीको उक्त पुरस्कार शनिबार आयोजित कार्यक्रममा प्रदान गरिएको हो ।

समाजसेवी माधवमणि राजभण्डारीले स्थापना गरेको १० हजार राशीको स्वर्गीय इन्द्रमणि पत्रकारिता पुरस्कार गोरखापत्रका बाबुराम शर्मा र महिला खवर अनलाइनकी शर्मीला बुढाथोकीलाई प्रदान गरिएको छ ।

कार्यक्रममा महासंघद्वारा स्थापित ५ हजार राशीको गणतन्त्र पत्रकारिता पुरस्कार आवाज अनलाइनका पत्रकार शम्भु गौतम प्रदान गरिएको छ ।

समाजसेवी मुक्तीमणि प्रधान र परिवारले स्थापना गरेको हेमकुमारी स्मृति महिला सम्मान राष्ट्रिय पुरस्कार रातोपाटी अनलाइनकी इलिजा एलिजा उप्रेतीलाई प्रदान गरिएको छ ।

प्रकाशित : जेष्ठ १९, २०७५ १८:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT