कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

इदउल फित्रको भव्य स्वागत 

तस्बिर : इलिट जोशी

काठमाडौँ — रमजानको अन्तिम शुक्रबार (जुमअतुल अलबिदामा) दरबारमार्गमा पञ्च कश्मिरी तकिया मस्जिदमा प्रार्थना गर्न हजारौं मुस्लिम सहभागी भए ।

रमजानको अन्तिम शुक्रबार (जुमअतुल अलबिदामा) दरबारमार्गस्थित् पञ्च कश्मिरी तकिया मस्जिदमा प्रार्थना गर्न हजारौं मुस्लिम सहभागी भए ।

रमजानको अन्तिम शुक्रबारे जुम्माको नमाजको आफ्नै महत्व छ । शनिवार चाही मुस्लिमहरुले इदउल फित्र मनाउनेछन् । इद खुसी बाँड्ने पर्व हो ।


शनिवार नेपालसहित एसियाली मुलुकका ईद उल–फित्र मनाइनेछ । एक महिना रोजा (वर्त) बसेपछि भोलिपल्ट यो पर्व मनाइन्छ ।

संसार भरिका मुस्लिमहरुले यो पर्वलाई उत्सव तथा उमङ्ग साथ मनाउँछन् । नेपालमा गत जेठ ३ गतेदेखि मुस्लिमहरुले रोजा बस्न थालेका थिए ।

हिजरी सम्बतको नवौं ‘रमजनानुल मुबारक’ महिनामा एक महिना रोजा बस्ने चलन छ । सूर्योदय हुनुभन्दा धेरै अघि केही खानेकुरा खाएर रोजा बस्न सुरु गरिन्छ । सूर्यस्तसम्म पानीसमेत नखाई रोजा बस्ने चलन छ ।


रोजा इस्लामका पाँच आधारस्तम्भमध्येको एक हो । रोजा सकिएपछि आपसमा प्रेम एवं सद्भाव बाँडेर इदउल फित्र मनाइन्छ । बिहान इदगाह वा मस्जिदमा भेला भई नमाज पढेपछि एकापसमा गला मिलाएर इदमुबारक भन्दै शुभकामना आदान प्रदान गरिन्छ । इद खुसियाली मनाउने पर्व हो ।



प्रकाशित : असार १, २०७५ १६:५६

प्रतिक्रिया
पठाउनुहोस्