कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

इदउल फित्र मनाइयो

तस्बिर : कविन अधिकारी

काठमाडौँ — विश्व शान्तिको कामना गर्दै नेपालका मुस्लिम धर्मावलम्बीले हर्षोल्लासकासाथ इदउल फित्र मनाएका छन् । मुस्लिम समुदायका अगुवाले इदको बिदा कटौती गरेर सरकार हाम्रो अधिकारप्रति उदासीन रहेको देखिन्छ भन्दै यो पर्वका अवसरमा दिदैं आएको बिदा कटौती गरिएकोप्रति असन्तृष्टि व्यक्त गरेका थिए । 

नेपालमा कूल जनसंख्याको चार प्रतिशतभन्दा बढी मुस्लिम समुदायको बसोबास छ । इदरउल फित्रका अवसरमा इदगाहमा जम्मा भएर सामूहिक नमाज पढेर यो पर्व मनाइयो ।

मुस्लिम समुदायका महिला र पुरुष मस्जिद तथा इदगाहमा जम्मा भएर इद मिलनको खुशी साटासाट पनि गरेका छन् । 

एक महिनासम्म दिनभरि कठोर उपवास व्रत (रोजा) बसी पाँच पटक नमाज पाठ गरेर मनाउँदै आएका छन् । शुक्रबार साँझ चन्द्रमा (चाँद) देखेपछि रोजा समाप्तीको खुशियालीमा आज इद उल फित्र मनाएका छन् । 

यस अवसरमा मस्जिद तथा इदगाहमा महिला पुरुष बालबालिका सबै जम्मा भएर नवाज पाठ गरी बधाई, शुभकामना आदनप्रदान गरी एकापसमा गला मिलाएर खुशियालीसँग यो पर्व मनाएका हुन् । 

प्रकाशित : असार २, २०७५ १३:३३
प्रतिक्रिया
पठाउनुहोस्