कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

वर्षाले जनजीवन प्रभावित[फोटो फिचर]

तस्बिर : मनोज पौडेल

कपिलवस्तु — रातिदेखिको अविरल वर्षाले जनजीवन प्रभावित बनेको छ । विहानैदेखि परेको ठूलो पानीले बजार क्षेत्र जलमग्न भएको छ ।

सर्वसाधारणदेखि कर्मचारी, विद्यार्थी र व्यापारीलाई वर्षाले प्रभावित बनायो । उनीहरु छाता, रेनकोट ओढेर आफ्नो गन्तव्यतर्फ जान व्यस्त देखिन्थे । विद्यार्थीहरु पानीको कुनै प्रवाह नगरी साइकलमा परीक्षा दिनका लागि विद्यालय गएका थिए । कोही ठाउँठाउँमा रुज्दै विद्यालय पुगेको थिए ।

जिल्लामा १२ वर्ष यता सबैभन्दा धेरै वर्षा भएको छ । आईतबार विहान ८ बजेर ४५ मिनेटदेखि सोमबार विहान ७ बजेर ४५ मिनेट सम्ममा १ सय ७८ दशमवल २ मिलिलिटर वर्षा भएको रामनगर स्थित जल तथा मौषम विज्ञान विभाग ईकाईले जनाएको छ ।

‘२४ घण्टामा यति बढी वर्षा भएको रेकर्ड थिएन्’ ईकाईका रामु रेग्मीले भने, ‘हामीले रेकर्ड राख्न थालेको १२/१३ वर्षकै ठूलो वर्षा हो ।’ अझ विहान आज ८ बजेपछि ठूलो वर्षा भएको थियो । सोमबार दिउँसो ३ बजे सम्म वर्षा भईरहेको थियो । ‘५ वर्ष अघि सबैभन्दा धेरै १ सय ७५ मिलिलिटर वर्षा भएको रेकर्ड गरेका थियौँ ’ उनले भने ।

अविरल वर्षापछि खेत, पोखरी र होचो भूभाग जलमग्न भएका छन् । होचो ठाउँमा रहेका गाउवस्तीका खेत र खाली जग्गामा पानी भरिएको छ । शिवराज नगरपालिका–६ पैकीवण्डाका २ घरमा पानी पसेको थियो । खेतमा जम्मा भएको पानी घरमा पसेको थियो । प्रहरी र स्थानीयको सहयोगमा पानी बाहिर निकालिएको छ ।

जिल्लाका नदीमा जलस्तर बढेको छ । तर कही कतैपनि खतरको अवस्थामा पुगेको छैन । ‘जिल्लाका सबै ठाउँमा सम्पर्कमा छौँ’ प्रजिअ मदन भुजेलले भने, ‘अहिले सम्म स्थिती सामान्य छ ।’

सबै तस्बिर: मनोज पौडेल


प्रकाशित : असार १८, २०७५ १८:३४
प्रतिक्रिया
पठाउनुहोस्