डा. केसीको समर्थनमा माइतीघरमा प्रदर्शन

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — सरकारले विभिन्न ठाउँमा विरोध, सभा, जुलुस गर्नमाथि लगाएको निषेधाज्ञा विरुद्ध र चिकित्सा क्षेत्र सुधार गर्नुपर्ने मागसहित जुम्लामा आमरण अनशन बसेका डा. गोविन्द केसीको मागको समर्थनमा शनिबार माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । प्रदर्शनमा सरकार विरोधी नाराहरु लगाइएको छ । ओली सरकार खबरदार मौलिक हकमा किन प्रहार, नागरिक स्वतन्त्रता खोस्न पाइँदैन, निषेधित क्षेत्र घोषणा अवज्ञा गर्छौं लगायतका नाराहरु लगाइएको छ । तस्बिरमा हेरौं विरोध प्रदर्शन ।

Esewa Pasal

प्रकाशित : असार २३, २०७५ १३:४४

Yamaha

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मुस्ताङ दुर्घटनाः २० जनाको शव पोखरा पठाइयो

रासस

फलेवास, पर्वत — हिमालपारिको जिल्ला मुस्ताङमा शुक्रबार भएको टिपर दुर्घटनाका २० जनाको शव पोखरा पठाइएको छ । 

मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलका अनुसार नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकप्टरमार्फत आज बिहान दुर्घटनास्थल स्याङ्बोचेमा रहेका १५ र जिल्ला अस्पताल जोमसोममा रहेका पाँच शव पोखरा पठाइएको हो । दुर्घटनामा घाइतेको उद्धार गर्ने क्रममा शुक्रबार साँझ रात परेपछि १५ शव घटनास्थलमा नै छाड्नुपरेको थियो ।

दुर्घटनामा परी घाइते भएकामध्ये सात जनालाई शुक्रबार साँझ नै सेनाको एमआई सेभेन्टिन र एयर डाइनास्टिकको विमानबाट उपचारका लागि पोखरा लगिएको थियो । दुर्घटनामा घाइते भएकामध्ये पाँच जनाको भने जिल्ला अस्पताल मुस्ताङमा नै उपचार भइरहेको छ ।

दुर्घटनामा परी मृत्यु भएका र घाइते कोही पनि मुस्ताङका नभएका कारण जिल्ला सुरक्षा समिति मुस्ताङले सबै घाइते र शव पोखरा लाने निर्णय गरेको थियो । बेनी–जोमसोम– कोरला सडकखण्डको दामोदरकुण्ड गाउँपालिका–३ स्थित स्याङ्बोचेमा कालीगण्डकी करिडोर निर्माणमा काम गरिरहेका कामदार बोकेको बा२क २२१९ नम्बरको टिपर शुक्रबार अपराह्न २ बजे दुर्घटना भएको थियो ।

प्रकाशित : असार २३, २०७५ १२:५३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT