२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२
फोटोफिचर

Photo Feature

वर्षाले अस्तव्यस्त भक्तपुर (फोटोफिचर)

लगातारको वर्षाले भक्तपुरका विभिन्न क्षेत्र डुबानमा परेका छन् । वर्षाका कारण सयौ घर, विद्यालय, अस्पताल र मठमन्दिरहरू डुबानमा परेका छन् । हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पसेपछि मध्यपुरथिमि नगरपालिका क्षेत्रका कमेरोटार क्षेत्र, राधेराधे क्षेत्र, निकोसेरा, दुवाकोट, सिर्जनानगर, सल्लाघारी, जगाती, लिवाली क्षेत्रका सयौं घर डुबानमा परेका छन् ।

वर्षाले अस्तव्यस्त भक्तपुर (फोटोफिचर)

यसरी गरिँदैछ उपत्यकामा डुबान पीडितको उद्धार (फोटोफिचर)

बुधबार राति देखिकाे वर्षाले भक्तपुर क्षेत्रका डुबानमा परेकाकाे उद्धार जारी छ । बिहीबार बिहानै देखि उद्धारकर्ताहरु खटिएका छन् । भक्तपुरकाे राधे राधे, ठिमी, जगाती लगायतका क्षेत्रमा डुबानले बढी प्रभावित बनाएकाे छ । सुरक्षाकर्मीले राधे राधे क्षेत्रबाट केहीलाई सुरक्षित स्थानमा स्थानमा सारेकाे छ ।

यसरी गरिँदैछ उपत्यकामा डुबान पीडितको उद्धार (फोटोफिचर)

जलमग्न उपत्यका (फोटोफिचर)

बुधबार राति देखिकाे वर्षाका कारण उपत्यकाका बिभिन्न भाग जलमग्न भएका छन् ।भक्तपुरकाे राधे राधे, ठिमी, जगाती लगायतका क्षेत्रमा बाढी पसेकाे छ । डुबानका कारण कतिपय घरमा पानी पसेकाे छ ।

जलमग्न उपत्यका (फोटोफिचर)
असार २६, २०७५

तस्बिरमा हेरौं दुर्लभ जंक्व (दिव्य रथारोहण)

आफ्नो जीवनको चौथो जंक्व (दिव्य रथारोहण) मंगलबार साँखुकी एक थकाली नंकी (ज्येष्ठ महिला) को गरियो । नेवारी परम्परा अनुसार दुर्लभ मानिने संस्कार मनाउन भाग्यमानी थिइन्, शंखरापुर नगरपालिका–७ चलाखु टोलकी राजामती डंगोल । उनी मंगलबारै ९९ वर्ष ९ महिना ९ दिन ९ घडी ९ पला पुगेकी थिइन् ।

तस्बिरमा हेरौं दुर्लभ जंक्व (दिव्य रथारोहण)

जोडिँदै खाँदबारी-किमाथांका (फोटोफिचर)

भोटखोलाको दुर्गम मानिएको हटिया गाउँ जोड्ने १ सय ३३ किलोमिटर सडक निर्माण भएको छ । उत्तर–दक्षिण कोशी सडक योजनाले हिउँदमा सदरमुकाम खाँदबारीबाट हटियासम्म यातायातका साधन लैजान सकिने जनाएको छ । यो सडकमा यातायात सञ्चालन आएपछि किमाथांका जोड्न १४ किलोमिटर मात्रै बाँकी रहनेछ ।

जोडिँदै खाँदबारी-किमाथांका (फोटोफिचर)

शान्ति समाजकाे प्रदर्शनमा प्रहरी हस्तक्षेप, २५ पक्राउ

मानव अधिकार तथा शान्ति समाजले सरकारले गरेका स्वेच्छाचारी निर्णय र स्वतन्त्रता विरोधी गतिविधि गरेकाे भन्दै आन्दोलन सुरु गरेकाे छ । मंगलबार सिंहदरवारको दक्षिण गेट अगाडि गरेकाे धर्ना र प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेकाे छ । प्रहरीले २५ जना मानव अधिकारकर्मीलाई हिरासतमा लिई महानगरीय प्रहरी वृत्त अनामनगरमा राखेको छ । पक्राउ पर्नेहरु कृष्ण पहाडी, डा. गंगाधर अधिकार, कृष्ण कँडेल, उत्तम पुडासैनी, रेणुका पौडेल, बटुककृष्ण ढुंगेल लगायत छन् ।

शान्ति समाजकाे प्रदर्शनमा प्रहरी हस्तक्षेप, २५ पक्राउ
असार २५, २०७५

विद्युतीकरण पछि यस्तो देखिनेछ जानकी मन्दिर

जानकी मन्दिरलाई विद्युतीकरणमार्फत सौन्दर्यकरण गरिने भएको छ । गैरआवासीय नेपाली संघ(एनआरएन)को करिव ५ करोड रुपैयाँको लगानीमा जानकी मन्दिरलाई झकिझकाउ बनाउन लागिएको हो ।

विद्युतीकरण पछि यस्तो देखिनेछ जानकी मन्दिर
असार २३, २०७५

मेसिनबाट धान रोपाइँ [फोटोफिचर]

यहाँका किसान मेसिनबाट धान रोप्न थालेका छन् । नेपाल कृषि कम्पनीले कृषिमा आधुनिकीकरण गर्ने अभियान सञ्चालन गरेपछि किसानलाई मेसिनबाटै थोरै खर्चमा धान रोप्ने, गोड्ने र काट्ने (हार्वेस्टिङ) काम गर्न सहज भएको छ ।

मेसिनबाट धान रोपाइँ [फोटोफिचर]

डा. केसीको समर्थनमा माइतीघरमा प्रदर्शन

सरकारले विभिन्न ठाउँमा विरोध, सभा, जुलुस गर्नमाथि लगाएको निषेधाज्ञा विरुद्ध र चिकित्सा क्षेत्र सुधार गर्नुपर्ने मागसहित जुम्लामा आमरण अनशन बसेका डा. गोविन्द केसीको मागको समर्थनमा शनिबार माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । प्रदर्शनमा सरकार विरोधी नाराहरु लगाइएको छ । ओली सरकार खबरदार मौलिक हकमा किन प्रहार, नागरिक स्वतन्त्रता खोस्न पाइँदैन, निषेधित क्षेत्र घोषणा अवज्ञा गर्छौं लगायतका नाराहरु लगाइएको छ । तस्बिरमा हेरौं विरोध प्रदर्शन ।

डा. केसीको समर्थनमा माइतीघरमा प्रदर्शन
असार २०, २०७५

काठमाडौंमा जंगबहादुरको जार ! [तस्बिरहरु]

जहानियाँ राणा शासनको जग बसाल्ने जंगबहादुरको मृत्युसम्बन्धी थुप्रै रहस्यमय प्रसंग छन् । कतै एक्कासी रगत छादेर मृत्यु भएको सन्दर्भ छ, कतै बाघले झम्टेर । सर्लाहीको पत्थरघट्टामा जंगबहादुरलाई तामाङ जारले काटेको प्रसंगमाथि संस्कृतिविद् एवं अन्वेषक रवीन्द्र ग्याबाक तामाङले पुस्तकै लेखेका छन् ।

काठमाडौंमा जंगबहादुरको जार ! [तस्बिरहरु]

बादलको घुम्टोभित्र फक्रदै लेकाली सौन्दर्य

जथाभावी भौँतारिदा आनन्द प्राप्त हुँदैन । यात्रा बौद्धिक र शारीरिक सौन्दर्यको अनुभुति बढी हो । जुन ठाउँमा पाईला टेकेपछि मनमा आनन्दभूति हुन्छ । त्यस्तो ठाउँलाई ‘ड्रिम डेस्टिनेसन’ भन्ने गरिन्छ ।

बादलको घुम्टोभित्र फक्रदै लेकाली सौन्दर्य