डा. केसीकाे समर्थनमा बृहत प्रदर्शन (फोटोफिचर)

अतुल मिश्र, तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — दुई सातादेखि जुम्लामा अनसनरत डा. गोविन्द केसीको समर्थनमा राजधानीमा प्रदर्शन गरिएकाे छ । डा. केसीकाे जीवन रक्षाकालागि सरकारले ठोस कदम अगाडि नबढाएको भन्दै शनिबार र्‍याली र प्रदर्शन गरिएकाे हाे । प्रदर्शनमा नागरिक अगुवा, चिकित्सक लगायत विभिन्न पेशा व्यवसायमा अावद्ध ब्यक्ति सहभागी छन् ।

Esewa Pasal

प्रकाशित : असार ३०, २०७५ १२:५८

Yamaha

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बीपी राजमार्गमा दिनहुँ व्यवसायीको आन्दोलन

राजकुमार कार्की

सिन्धुली — बीपी राजमार्गमा सवारी चलाउन पाउनुपर्ने माग राख्दै यातायात व्यवसायीले दिनहुँजसो आन्दोलन गरिरहेका छन् । ३२ सिटका साना बस र १३ टनसम्म भारवहन क्षमताका मालवाहक साधन चल्न पाउनु पर्ने माग राख्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । 


सिन्धुलीमाढी–खुर्कोट खण्डमा यातायातका साधन चल्न पाउनुपर्ने माग राख्दै उनीहरुले रित्ता सवारी साधन शनिबार कमलामाई नगरपालिका–४ को बीपी राजमार्ग हिरापानी खण्डमा एकतर्फी तेर्साएर विरोध जनाएका छन्।

गत जेठ २१ गते सर्वोच्चका न्यायाधीश सपनामल्ल प्रधानको एकल इजलाशले १० टन भारवहन क्षतमताको मालबाहक सवारी र १८ सिटसम्मको साना यात्रुवाहक साधनमात्र चल्न पाउने गरि अन्तरिम आदेश जारी भएपछि आन्दोलनकारीका सवारी साधन रोकिएका हुन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले ३२ सिट क्षमताका बस र १६ टन क्षमताका मालवाहक साधन चल्न दिने निर्णय गरेपछि अधिवक्ता कैलाशराज दाहालले राजमार्गको भविष्य खतरामा पर्ने भन्दै सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए। लामोसमयसम्म निकास नआएपछि बाध्य भएर शान्तिपूर्ण आन्दोलनमा होमिनु परेको बीपी राजमार्ग यातायात सेवा समितिका कान्छामान वलले जनाए।

‘यसअघि संचालनमा आएका ३२ सिटे बस र १३ टनसम्मका मालवाहक साधन चल्न दिए, हामी व्यवसायीलाई हुन्छ, सम्मानित सर्वोच्चको अन्तरिम आदेशले हामी मर्कामा पर्‍यौं,’ व्यवसायी वलले भने, ‘राजमार्गका चारखण्ड मध्ये तीन खण्डमा सबै सवारी साधन सञ्चालन हुने सिन्धुलीमाढी–खुर्कोट खण्डमा नहुने यो कस्तो नियम हो।’

‘सर्वोच्च अदालतमा पेशी सरेको सर्‍यै गर्दा एकातिर हामी व्यवसायी मारमा पर्‍यौं, अर्कोतिर सामान ढुवानीमा समस्या आयो,’ ट्रक व्यवसायी संघका तारा दाहालले सुनाए।

सर्वोच्चको आदेश बमोजिम मापदण्ड विपरितका सवारी साधन संचालनमा रोक लगाएको प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले बताए। कानूनको पालना गर्दा बिभिन्न लाल्छना समेत खेप्नु परेको उनले बताए।

प्रकाशित : असार ३०, २०७५ १२:३५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT