१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

दाउराका लागि ज्यानकै जोखिम

तस्बिर/शब्द : हरिहरसिंह राठौर

काठमाडौँ — जाजरकोटको वारेकोट भेकबाट आउने भेरी नदीको सहायक नलसिंहगाडले हरेक वर्षातमा दाउरा बगाएर ल्याउँछ । यसरी बगाएर ल्याउने दाउरा तल्लो तटीय गाउँवस्तीका बासिन्दाहरुका लागि इन्धनको स्रोत हो । त्यही दाउराको लागि उनीहरुले ज्यान जोखिममा पार्छन् ।

आफनो बस्तीमा जंगल विनाश गरिएकाले दाउरा पाउन छोडे पछि ठुलो भेरी, सानो भेरी, छेडाखोला र नलसिंहगाडले वर्षातमा बगाएर ल्याउने दाउरा भेलसंग जुध्दै संकलन गर्नु उनीहरुको लागि बाध्यता हो । 

डोल्पाबाट आउने भेरी नदीले पनि हरेक वर्ष दाउरा बगाएर ल्याउने गर्छ । नदीले बगाएर ल्याएका दाउराहरु ठुलो ताल परेको पानी घुम्ने स्थलमा घुमाएर पाखा लगाउने गर्छ । भेरी नदीले बगाएर ल्याएका दाउराले सल्यानको नाम्रा, सल्लीवजार, र सुर्खेतका राकम, मेहलकुनालगायतका ठुलावस्तीका लागि दाउराको जोहो हुन्छ ।  

प्रकाशित : श्रावण १, २०७५ १२:२७
प्रतिक्रिया
पठाउनुहोस्