डा. केसीको जीवन रक्षा माग गर्दै प्रदर्शन

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — जुम्लामा अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाकाे माग गर्दै काठमाडाैंमा बिहीबार पनि र्‍याली र प्रदर्शन भएकाे छ । माइतीघर देखि नयाँ बानेश्वरसम्म र्‍याली र प्रदर्शन गरिएको हो । प्रदर्शनमा नागरिक अगुवा, चिकित्सकलगायत विभिन्न पेसा, व्यवसायमा आवद्ध व्यक्ति सहभागी छन् ।


प्रकाशित : श्रावण ३, २०७५ १३:२६

Yamaha

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

डा. केसी काठमाडौं आउन तयार

कान्तिपुर संवाददाता

काठमाडौँ — जुम्लामा अनशन बसेका डा. गोबिन्द केसी काठमाडौं आउन तयार भएका छन् । उनले आफ्ना सहयोगी र लिनका लागि राजधानीबाट गएको टोलीसँग काठमाडौं जान सहमत भएको जनाएका हुन् ।

‘डाक्टर साबले म काठमाडौं जान्छु भन्नु भएको छ,’ स्वास्थ्य विभागका महानिर्देशक गुणराज लोहनीले टेलिफोनमा कान्तिपुर सँग भने, ‘केहि बेरमा उहाँलाई लिएर आउँछौं ।’

यसअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थी र आन्दोलन उत्रिएका सर्वसाधारणलाई प्रहरीले दमन गरेको थियो । प्रहरीले गोलीसमेत चलाएको बताइएको छ ।

डा. केसीले स्थिति फरक भएकोले आफु राजधानी जान तयार भएको बताएका हुन् ।

सरकारले बिहिबार बिहान शिक्षा, विज्ञान तथा प्रविधि सचिव खगराज बराल र महानिर्देशक लोहनीलाई केसीको उद्धार गरी काठमाडौं ल्याउन हेलिकप्टर सहित जुम्ला पठाएको थियो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री र गृहमन्त्रीको समेत सहयोगमा डा. केसीको उपचार गरि जीवन रक्षा गर्न काठमाडौं ल्याउन लागिएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पत्रकार सम्मेलन गरि जनाएका थिए । उनको शिक्षण अस्पतालमा उपचार गर्ने सरकारी तयारी छ । सबभन्दा पहिला केसीको उपचार गराउनु सरकारको पहिलो दायित्व भएको मन्त्री पोखरेलले बताए ।

प्रकाशित : श्रावण ३, २०७५ १३:१५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT