फोटोफिचर

Photo Feature

हात्तीको समूहले राजमार्ग अवरुद्ध [तस्बिरहरु]

एकै पटक ३५ वटा जंगली हात्ती राजमार्गमा आएपछि अमलेखगञ्ज नजिकको आधाभारमा सडक अवरुद्ध भएको छ । पर्सा निकुञ्जले संभावित दुर्घटना हुन नदिन यातायात रोकेको सहायक संरक्षण अधिकृत अशोक रामले टेलिफोनमा जानकारी दिए ।

हात्तीको समूहले राजमार्ग अवरुद्ध [तस्बिरहरु]

पौने घण्टाको वर्षामा जे देखियो [फोटोफिचर]

करिब पौने २ बजे, राजधानीको भृकुटीमण्डपमा थापाथलीतर्फ जान गाडी पर्खिरहेको थिएँ । यसैबखत एक्कासी पानी पर्‍यो । केहीबेर अघिसम्म सामान्य देखिएका मान्छेको दैनिकी एक्कासी बिथोलियो । पैदल हिँड्दै गरेकाहरु कोही रुखमुनि त कोही प्रतीक्षालयमुनि ओत लिन तँछाडमछाड गर्न थाले ।

पौने घण्टाको वर्षामा जे देखियो [फोटोफिचर]

सोलुखुम्बुमा लटरम्म किवी [फोटोफिचर]

यहाँ किवी फल भित्रिएको ५ वर्ष भयो । किसान र उपभोक्ताका लागि यो फल नयाँ हो । वागवानी केन्द्र सोलुखुम्बुका वरिष्ठ वागवानी विकास अधिकृत चन्द्रमान श्रेष्ठका अनुसार किवी १ सय वर्ष बाँचेको तथ्यांक छ । नेपालमा भित्रिएको भने ३० वर्ष भयो । नेपालमा विदेशी संस्थाले भित्राएका हुन् ।

सोलुखुम्बुमा लटरम्म किवी [फोटोफिचर]

भारतीय महलीसागर बाँधका कारण नेपाली धानबाली डुबानमा

भारतले सिमा क्षेत्रमा बनाएको महलीसागर बाँधमा अस्थाई रुपमा काठ राखेर पानी छेकेपछि नेपालको धानबाली डुबानमा परेको छ ।

भारतीय महलीसागर बाँधका कारण नेपाली धानबाली डुबानमा
श्रावण ३, २०७५

जुम्लामा फूलमालाले डा.केसीको बिदाइ [तस्बिरहरु]

डा.गोविन्द केसीलाई प्रहरीले बल प्रयोग गरेर काठमाडौं पठाएको छ । उनलाई नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं पठाइएको हो ।

जुम्लामा फूलमालाले डा.केसीको बिदाइ [तस्बिरहरु]

डा. केसीको जीवन रक्षा माग गर्दै प्रदर्शन

जुम्लामा अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाकाे माग गर्दै काठमाडाैंमा बिहीबार पनि र्‍याली र प्रदर्शन भएकाे छ । माइतीघर देखि नयाँ बानेश्वरसम्म र्‍याली र प्रदर्शन गरिएको हो । प्रदर्शनमा नागरिक अगुवा, चिकित्सकलगायत विभिन्न पेसा, व्यवसायमा आवद्ध व्यक्ति सहभागी छन् ।

डा. केसीको जीवन रक्षा माग गर्दै प्रदर्शन
श्रावण १, २०७५

उद्धारकाे पर्खाइमा गोबरगाढा (फोटो र भिडियो)

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१३ गोबरगाढाका बासिन्दा ६ दिनयता पानी माथि बस्न बाध्य छन् । घर, अाँगन सबै जलमग्न भए पछि उनीहरु बगिरहेको पानी माथि खाट राखेर बसेका छन् ।

उद्धारकाे पर्खाइमा गोबरगाढा (फोटो र भिडियो)

दाउराका लागि ज्यानकै जोखिम

जाजरकोटको वारेकोट भेकबाट आउने भेरी नदीको सहायक नलसिंहगाडले हरेक वर्षातमा दाउरा बगाएर ल्याउँछ । यसरी बगाएर ल्याउने दाउरा तल्लो तटीय गाउँवस्तीका बासिन्दाहरुका लागि इन्धनको स्रोत हो । त्यही दाउराको लागि उनीहरुले ज्यान जोखिममा पार्छन् ।

दाउराका लागि ज्यानकै जोखिम
असार ३२, २०७५

साँघुरियो खुलामञ्च

खुलामञ्च राजधानीको मुटुमा रहेको एक मात्र खुलास्थल । राजनीतिक परिवर्तनदेखि अन्य धेरै प्रकारका साँस्कृतिक अवयवहरुको साक्षी बन्दै आएको ठाउँ । 

साँघुरियो खुलामञ्च
असार ३०, २०७५

बालुवाटारबाट अधिकारकर्मी पक्राउ

नेपाल प्रहरीले बालुवाटारबाट अधिकारकर्मीलाई गिरफ्तार गरेको छ । सरकारका स्वतन्त्रता विरोधी नीति र स्वेच्छाचारी निर्णय विरुद्ध मानव अधिकार तथा शान्ति समाजद्वारा शनिबार प्रधानमन्त्री निवास अगाडि आयोजित शान्तिपूर्ण धर्ना तथा प्रदर्शन कार्यक्रममा ३२ जना अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको हो ।

बालुवाटारबाट अधिकारकर्मी पक्राउ

डा. केसीकाे समर्थनमा बृहत प्रदर्शन (फोटोफिचर)

दुई सातादेखि जुम्लामा अनसनरत डा. गोविन्द केसीको समर्थनमा राजधानीमा प्रदर्शन गरिएकाे छ । डा. केसीकाे जीवन रक्षाकालागि सरकारले ठोस कदम अगाडि नबढाएको भन्दै शनिबार र्‍याली र प्रदर्शन गरिएकाे हाे । प्रदर्शनमा नागरिक अगुवा, चिकित्सक लगायत विभिन्न पेशा व्यवसायमा अावद्ध ब्यक्ति सहभागी छन् ।

डा. केसीकाे समर्थनमा बृहत प्रदर्शन (फोटोफिचर)