१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सोलुखुम्बुमा लटरम्म किवी [फोटोफिचर]

विमल खतिवडा

सोलुखुम्बु — यहाँ किवी फल भित्रिएको ५ वर्ष भयो । किसान र उपभोक्ताका लागि यो फल नयाँ हो । वागवानी केन्द्र सोलुखुम्बुका वरिष्ठ वागवानी विकास अधिकृत चन्द्रमान श्रेष्ठका अनुसार किवी १ सय वर्ष बाँचेको तथ्यांक छ । नेपालमा भित्रिएको भने ३० वर्ष भयो । नेपालमा विदेशी संस्थाले भित्राएका हुन् ।

सुरुमा दोलखा र रामेछापबाट ल्याएर खेतीको सुरुआत हो । जिल्लामा ४२ हेक्टर क्षेत्र ओगटेको छ । यो लगाएको २ वर्षदेखि फल्न थाल्छ । ३ वर्षदेखि थोरै आम्दानी दिन थाल्छ । ५ वर्षदेखि केही आम्दानी र ६ वर्षदेखि पूरा आम्दानी दिन थाल्ने श्रेष्ठ बताउँछन् ।

६ वर्षपछि एउटा बोटमा ५० किलोसम्म फल्छ । नेपाली उत्पादन एक किलोलाई ३ सयदेखि ४ सयसम्म पर्छ । बाहिर विदेशको किबी ८ सय रुपैयाँसम्म बिक्री हुने गरेको छ । सरकारी मूल्य १ सय रुपैयाँ छ । एउटा बिरुवाको मूल्य १ सय १० पर्छ । यसलाई चिसो हावापानी चाहिन्छ । पानी आउने, बादल लाग्ने र झरी पर्ने तथा आद्रता बढी भएको ठाउँमा यसको खेती गर्न सकिन्छ । यो क्षेत्रका किसान खेतीमा आकर्षित भएका छन् । कसैले १२ सयसम्म लगाएका छन् । फाट्टफुट्ट लगाउनेसहित गरेर करिब ४ सय किसान पुगेका छन् । व्यावसायिक रुपमा लगाउने ६० जना छन् । उत्पादन भर्खर सुरु छ । सल्लेरी, नेले, गार्मा, जुनबेंसी, लुक्ला, फाप्लु क्षेत्रमा लगाइएको छ ।

यो फागुन चैतमा फूल्छ । कार्तिकमा टिप्ने समय हो । बोटमै छिपिएपछि टिप्ने हो । वर्षमा एकपटक फल्छ । लामो समयसम्म भण्डारण गरेर राख्न सकिन्छ । सोलुमा रेड, ग्रिन किबी लगाइएको छ । यसलाई उपयुक्त उचाई भनेको १६ सयदेखि २ हजार मिटरसम्म हो । यसको बिरुवा रामेछापको दोरम्बा र दोलखाको बोँचमा पाइन्छ । वागवानी आफैंले बिरुवा उत्पादन गरेर किसानलाई बिरुवा उपलब्ध गराउन थालेको छ । जिल्लाको थुलुङ दूधकोसी गाउँपालिकामा धेरै किबी हुन्छ । किवी विस्तार गर्ने उद्देश्यले गाउँपालिकाले एक करोड छुट्याएको श्रेष्ठले बताए ।


प्रकाशित : श्रावण ४, २०७५ १६:३७
प्रतिक्रिया
पठाउनुहोस्