हात्तीको समूहले राजमार्ग अवरुद्ध [तस्बिरहरु]

अब्दुल्लाह मियाँ

काठमाडौँ — एकै पटक ३५ वटा जंगली हात्ती राजमार्गमा आएपछि अमलेखगञ्ज नजिकको आधाभारमा सडक अवरुद्ध भएको छ । पर्सा निकुञ्जले संभावित दुर्घटना हुन नदिन यातायात रोकेको सहायक संरक्षण अधिकृत अशोक रामले टेलिफोनमा जानकारी दिए ।

समूहमा जंगली हात्ती आएपछि तीन पटक यातायात बन्द गर्नु परेको उनले बताए । ३५ मध्ये आधाभन्दा बढी हात्ती राजमार्ग क्रस भएर पूर्वी क्षेत्रतिर गएका छन् भने बाँकी राजमार्गकै आसपासमा छन् । यसअघि पनि समूहमा आएका हात्तीले पटक पटक मानवीय र भौतिक क्षति गरिसकेकाले संभावित दुर्घटना हुन नदिन यातायात रोकिएको हो ।

तस्बिर सौजन्य : अशोक राम

प्रकाशित : श्रावण ४, २०७५ २१:४६
प्रतिक्रिया
पठाउनुहोस्