१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७
फोटोफिचर

Photo Feature

तरुण दलकाे प्रदर्शनमा अश्रु ग्यास प्रहार

डा. केसीकाे समर्थनमा तरुण दलले अायाेजना गरेकाे प्रदर्शनमा प्रहरीले अश्रु ग्यास प्रहार गरेकाे छ । शनिबार बानेश्वरमा निशेधित क्षेत्र ताेड्न खाेजेकाे भन्दै प्रहरीले अश्रु ग्यास प्रहार गरेकाे हाे । प्रहरीले ८ राउण्ड ग्यास प्रहार गरेकाे छ । झडपमा तरुण दलका अध्यक्ष जीतज‌ंग बस्नेतसहित केही प्रदशर्नकारी र एक प्रहरी घाइते छन् ।

तरुण दलकाे प्रदर्शनमा अश्रु ग्यास प्रहार

डा. केसीको समर्थनमा प्रदर्शन (फोटाेफिचर) 

२२ दिनदेखि अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाकाे माग गर्दै शनिबार काठमाडाैंमा प्रदर्शन गरिएकाे छ। सोलिडारिटी फर प्रोफेसर गोविन्द केसी अलाइन्सले आयोजना गरेको कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरू, अधिकारवादी, चिकित्सक तथा विद्यार्थीहरू सहभागी छन्। र्‌यालीमा नयाँ शक्ति पार्टीका संयोजक पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, पूर्वप्रधानन्याधीश सुशीला कार्की, विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र, त्रिविका पूर्वउपकुलपति डा केदारभक्त माथेमा, मानव अधिकारकर्मी कृष्ण पहाडी, लेखक खगेन्द्र संग्रौला, अभिनेत्री मनिषा कोइरालालगायत छन्।

डा. केसीको समर्थनमा प्रदर्शन (फोटाेफिचर) 
श्रावण ४, २०७५

हात्तीको समूहले राजमार्ग अवरुद्ध [तस्बिरहरु]

एकै पटक ३५ वटा जंगली हात्ती राजमार्गमा आएपछि अमलेखगञ्ज नजिकको आधाभारमा सडक अवरुद्ध भएको छ । पर्सा निकुञ्जले संभावित दुर्घटना हुन नदिन यातायात रोकेको सहायक संरक्षण अधिकृत अशोक रामले टेलिफोनमा जानकारी दिए ।

हात्तीको समूहले राजमार्ग अवरुद्ध [तस्बिरहरु]

पौने घण्टाको वर्षामा जे देखियो [फोटोफिचर]

करिब पौने २ बजे, राजधानीको भृकुटीमण्डपमा थापाथलीतर्फ जान गाडी पर्खिरहेको थिएँ । यसैबखत एक्कासी पानी पर्‍यो । केहीबेर अघिसम्म सामान्य देखिएका मान्छेको दैनिकी एक्कासी बिथोलियो । पैदल हिँड्दै गरेकाहरु कोही रुखमुनि त कोही प्रतीक्षालयमुनि ओत लिन तँछाडमछाड गर्न थाले ।

पौने घण्टाको वर्षामा जे देखियो [फोटोफिचर]

सोलुखुम्बुमा लटरम्म किवी [फोटोफिचर]

यहाँ किवी फल भित्रिएको ५ वर्ष भयो । किसान र उपभोक्ताका लागि यो फल नयाँ हो । वागवानी केन्द्र सोलुखुम्बुका वरिष्ठ वागवानी विकास अधिकृत चन्द्रमान श्रेष्ठका अनुसार किवी १ सय वर्ष बाँचेको तथ्यांक छ । नेपालमा भित्रिएको भने ३० वर्ष भयो । नेपालमा विदेशी संस्थाले भित्राएका हुन् ।

सोलुखुम्बुमा लटरम्म किवी [फोटोफिचर]

भारतीय महलीसागर बाँधका कारण नेपाली धानबाली डुबानमा

भारतले सिमा क्षेत्रमा बनाएको महलीसागर बाँधमा अस्थाई रुपमा काठ राखेर पानी छेकेपछि नेपालको धानबाली डुबानमा परेको छ ।

भारतीय महलीसागर बाँधका कारण नेपाली धानबाली डुबानमा
श्रावण ३, २०७५

जुम्लामा फूलमालाले डा.केसीको बिदाइ [तस्बिरहरु]

डा.गोविन्द केसीलाई प्रहरीले बल प्रयोग गरेर काठमाडौं पठाएको छ । उनलाई नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं पठाइएको हो ।

जुम्लामा फूलमालाले डा.केसीको बिदाइ [तस्बिरहरु]

डा. केसीको जीवन रक्षा माग गर्दै प्रदर्शन

जुम्लामा अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाकाे माग गर्दै काठमाडाैंमा बिहीबार पनि र्‍याली र प्रदर्शन भएकाे छ । माइतीघर देखि नयाँ बानेश्वरसम्म र्‍याली र प्रदर्शन गरिएको हो । प्रदर्शनमा नागरिक अगुवा, चिकित्सकलगायत विभिन्न पेसा, व्यवसायमा आवद्ध व्यक्ति सहभागी छन् ।

डा. केसीको जीवन रक्षा माग गर्दै प्रदर्शन
श्रावण १, २०७५

उद्धारकाे पर्खाइमा गोबरगाढा (फोटो र भिडियो)

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१३ गोबरगाढाका बासिन्दा ६ दिनयता पानी माथि बस्न बाध्य छन् । घर, अाँगन सबै जलमग्न भए पछि उनीहरु बगिरहेको पानी माथि खाट राखेर बसेका छन् ।

उद्धारकाे पर्खाइमा गोबरगाढा (फोटो र भिडियो)

दाउराका लागि ज्यानकै जोखिम

जाजरकोटको वारेकोट भेकबाट आउने भेरी नदीको सहायक नलसिंहगाडले हरेक वर्षातमा दाउरा बगाएर ल्याउँछ । यसरी बगाएर ल्याउने दाउरा तल्लो तटीय गाउँवस्तीका बासिन्दाहरुका लागि इन्धनको स्रोत हो । त्यही दाउराको लागि उनीहरुले ज्यान जोखिममा पार्छन् ।

दाउराका लागि ज्यानकै जोखिम