डा. केसीको समर्थनमा प्रदर्शन (फोटाेफिचर) 

तस्बिर : हेमन्त श्रेष्ठ, तस्बिर : अंगद ढकाल

काठमाडौँ — २२ दिनदेखि अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाकाे माग गर्दै शनिबार काठमाडाैंमा प्रदर्शन गरिएकाे छ। सोलिडारिटी फर प्रोफेसर गोविन्द केसी अलाइन्सले आयोजना गरेको कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरू, अधिकारवादी, चिकित्सक तथा विद्यार्थीहरू सहभागी छन्। र्‌यालीमा नयाँ शक्ति पार्टीका संयोजक पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, पूर्वप्रधानन्याधीश सुशीला कार्की, विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र, त्रिविका पूर्वउपकुलपति डा केदारभक्त माथेमा, मानव अधिकारकर्मी कृष्ण पहाडी, लेखक खगेन्द्र संग्रौला, अभिनेत्री मनिषा कोइरालालगायत छन्।

प्रकाशित : श्रावण ५, २०७५ १३:०९

Yamaha

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

भारतमा उद्धार गरिएका ४ बालकलाई स्वदेश ल्याइयो 

माधव ढुंगाना

भैरहवा — भारतको एक बाल कल्याण समितिमा आश्रित चारजना नेपाली बालकलाई प्रवासी नेपाली मित्र मञ्च दिल्लीको सहयोगमा स्वदेश फर्काइएको छ । 

भारतका विभिन्न स्थानबाट उद्धार गरि उत्तरप्रदेशको देवरियास्थित राजकीय बालगृहमा राखिएका ती बालकलाई मञ्चका पदाधिकारीले नेपाल ल्याएर शनिबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा जिम्मा लगाएका हुन् ।

रुपन्देहीका प्रहरी उपरीक्षक श्यामलाल ज्ञवाली समक्ष मित्र मञ्चका अध्यक्ष दुर्गाप्रसाद अर्यालले ती बालकले भारतमा पढ्दै गरेका शैक्षिक प्रमाणपत्र र अन्य विवरण हस्तान्तरण गर्दै जिम्मा लगाएका थिए ।

काठमाडौं कोटेश्वरस्थित सुन्दर बजार घर बताउने बिजय तामाङ्ग, कुसुमघाट घर बताउने राजेश कुमार र घर ठेगाना बताउन नसक्ने सन्तोष र सुमित कुमार नामका बालकलाई नेपाल ल्याइएको हो । उनीहरुलाई आफ्नो घर पुर्‍याउने पहल गर्न भारत सरकारले दिल्लीस्थित नेपाली दुतावासलाई पत्राचार गरेपछि दुतावासले यस बारेमा प्रवासी नेपाली मित्र मञ्चलाई जानकारी गराएपछि स्वदेश फर्काउन पहल गरिएको मञ्चका अध्यक्ष दुर्गा प्रसाद अर्यालले बताए ।

मञ्चका अनुसार ११ देखि १४ बर्ष उमेरका ती बालकमध्ये एकजना घरबाट भागेर भारत पुगेका थिए । अन्य भारतकै बिभिन्न सामाजिक संस्थाले भारतबाटै उद्धार गरि बाल कल्याण समितिमा पुर्‍याएका थिए । प्रहरी उपरीक्षक ज्ञवालीले बालकहरुलाई घर पुर्‍याउन पहल गर्ने बताए ।

प्रकाशित : श्रावण ५, २०७५ १२:०८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT