तरुण दलकाे प्रदर्शनमा अश्रु ग्यास प्रहार

जनकराज सापकाेटा, तस्बिर : अंगद ढकाल, तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — डा. केसीकाे समर्थनमा तरुण दलले अायाेजना गरेकाे प्रदर्शनमा प्रहरीले अश्रु ग्यास प्रहार गरेकाे छ । शनिबार बानेश्वरमा निशेधित क्षेत्र ताेड्न खाेजेकाे भन्दै प्रहरीले अश्रु ग्यास प्रहार गरेकाे हाे । प्रहरीले ८ राउण्ड ग्यास प्रहार गरेकाे छ । झडपमा तरुण दलका अध्यक्ष जीतज‌ंग बस्नेतसहित केही प्रदशर्नकारी र एक प्रहरी घाइते छन् ।


Esewa Pasal

प्रकाशित : श्रावण ५, २०७५ १४:२६

Yamaha

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

डा. केसीको समर्थनमा प्रदर्शन (फोटाेफिचर) 

तस्बिर : हेमन्त श्रेष्ठ, तस्बिर : अंगद ढकाल

काठमाडौँ — २२ दिनदेखि अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाकाे माग गर्दै शनिबार काठमाडाैंमा प्रदर्शन गरिएकाे छ। सोलिडारिटी फर प्रोफेसर गोविन्द केसी अलाइन्सले आयोजना गरेको कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरू, अधिकारवादी, चिकित्सक तथा विद्यार्थीहरू सहभागी छन्। र्‌यालीमा नयाँ शक्ति पार्टीका संयोजक पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, पूर्वप्रधानन्याधीश सुशीला कार्की, विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र, त्रिविका पूर्वउपकुलपति डा केदारभक्त माथेमा, मानव अधिकारकर्मी कृष्ण पहाडी, लेखक खगेन्द्र संग्रौला, अभिनेत्री मनिषा कोइरालालगायत छन्।

प्रकाशित : श्रावण ५, २०७५ १३:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT