डा. केसीको समर्थनमा टर्च र्याली [तस्बिरहरु]
काठमाडौँ — अनशनरत डा.गोविन्द केसीको समर्थनमा काठमाडौंमा टर्च र्याली निकालिएको छ । विवेकशील साझा पार्टीको अगुवाईमा मंगलबार साँझ त्रिवि शिक्षण अस्पतालदेखि बालुवाटारसम्म टर्च लाइट र्याली निकालिएको हो । र्यालीमा उक्त पार्टीका नेता, कार्यकर्ता र केही सर्वसाधारण सहभागी थिए ।
डा. केसी चिकित्सा शिक्षा सुधारको माग राख्दै गत असार १६ देखि अनशनमा छन् । उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन सुरु गरेपनि स्वास्थ्य अवस्था जटिल बनेपछि काठमाडौं ल्याइएको थियो । उनी अहिले शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत छन् ।