कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकारविरुद्ध कांग्रेसले गर्‍यो देशभर प्रदर्शन

कान्तिपुर संवाददाता

काठमाडौँ — संघीय संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध देशका विभिन्न जिल्लामा प्रदर्शन गरेको छ। सरकार कानूनी शासनको खिल्ली उडाउन लागिपरेको आरोप लगाउँदै कांग्रेसले यसअघि नै घोषणा गरेको कार्यक्रम अनुसार नै देशभर प्रदर्शन गरेको हो ।

सभामुख र उपसभामुख अलग अलग पार्टीबाट हुनुपर्ने संवैधानिक व्यवस्थाको ठाडो उल्लंघन, देउवा सरकारले विधिसम्मत गरेका नियुक्तिहरू गैरकानूनी तवरले खारेजी, मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको जस्ता विभिन्न आरोप लगाउँदै कांग्रेस सडक संघर्षमा उत्रिएको हो ।


प्रकाशित : श्रावण १५, २०७५ १५:३२
प्रतिक्रिया
पठाउनुहोस्