१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

गएगुज्रेको सडक

चन्द्र कार्की

तेह्रथुम — वसन्तपुर बजार भएर सदरमुकाम म्याङलुङ जोड्ने २६ किलोमिटर सडक २०४२ बाट ट्रयाक खन्न थालिएको थियो । त्यसको केही वर्षपछि कोसी राजमार्ग भएर आएका सवारी चल्न थाले । सडकको पूरै भाग कच्ची थियो ।

त्यही कच्ची सडकमा पनि सजिलैसँग सवारी चल्थे । वसन्तपुरबाट हिँडेका सवारी ढिलो चाँडो सदरमुकाम म्याङलुङ पुग्थे । सदरमुकामलाई कोसी राजमार्ग हुँदै पूर्वी तराईसँग जोड्ने यो सडकको अवस्था ३३ वर्षसम्म झन् विग्रिएको छ । अहिले सवारी साधन गुड्दैनन् । सडककै कारण ३३ वर्षपछि सदरमुकामसँगको यातायात सम्पर्कविच्छेद भएको छ । सडकले त्यस बेलाको पैदल मार्गसमेत मासिएपछि हिँडडुलमा समेत समस्या भएको जिल्ला समन्वय समिति संयोजक शिव ढुंगानाले बताए । यसबीच सडकमा ७ भन्दा बढी पटक कालोपत्रे भइसक्यो । तर सडकको अवस्था वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे नै छ ।

प्रकाशित : श्रावण १५, २०७५ १६:१५
प्रतिक्रिया
पठाउनुहोस्