कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

इन्द्रेणीले घेरियो मायादेवी [फोटोफिचर]

मनोज पौडेल

कपिलवस्तु — बुद्धजन्म स्थल लुम्बिनीस्थित मायादेवी मन्दिर एक्कासी ईन्द्रधनुषबाट घेरिँदा निक्कै मनमोहक देखिएको छ ।उत्तर तिरबाट विस्तारै बन्दै गएको सप्तरंगी ईन्द्रधनुष दक्षिणतिर आउँदा रोमाञ्चक दृश्य देखिएको थियो । मायादेवी मन्दिर वरपर रहेको फोटोका सौखिन सर्वसाधारण र भिक्षु-भिक्षुणी फोटो खिच्न मन्दिर परिसरभित्र हतारिँदै पसेका थिए ।

करिब आधा घण्टा निलो आकाशमा मन्दिरलाई बीमा पारेर ईन्द्रधनुष देखिएको थियो । ‘मन्दिरलाई ढाक्ने गरी विरलै देखिने ईन्द्रधनुष देख्दा रोमाञ्चित बनेँ’ अखिल नेपाल भिक्षु महासंघ अध्यक्ष भिक्षु मैन्त्री महाअस्थवीरले भने, ‘दशकयता पहिलो पटक देखियो ।’ मन्दिर परिसरमा पूजाआजा गरिरहेका भिक्षु पनि ईन्द्रधनुष देखेपछि रमाइलो मान्दै सेल्फी खिचेका थिए ।

प्रकाशित : श्रावण १७, २०७५ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्