२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

छिन्चु–जाजरकोटमा पुल नहुँदाको सास्ती (फोटोफिचर)

भीमबहादुर सिंह

जाजरकोट — छिन्चु–जाजरकोट सडकको बनगार खोलामा आएको बाढी र ठाँउ ठाँउमा खसेको पहिरोले यात्रुलाई सास्ती भएको छ । सल्लीबजवारस्थित बनगार खोलामा पुल नहुँदा हरेक वर्षातमा यातायातका साधन खोला तर्न नसकेर यात्रु अलपत्र पर्ने गरेका छन् ।

मंगलबारदेखिको बाढीका कारण यातायात ठप्प हुँदा टाढाको गन्तब्यमा जाने यात्रुलाई सास्ती भएको छ ।

छिन्चु–जाजरकोट सडक निर्माण पुरा भएको ११ वर्ष बितेको छ । तर बनगार, पासागाड, खोदा लगायतका खोलामा पुल बन्न सकेका छैनन् । पुल निर्माण नहुँदा वर्षात्‌मा खोला बढेपछि आउवजावतमा अवरोध हुने गरेको छ ।


प्रकाशित : श्रावण १८, २०७५ १५:५४
प्रतिक्रिया
पठाउनुहोस्