ढलजस्ता नेपालगन्जका सडक[तस्बिरहरु]

ठाकुरसिंह थारु

नेपालगन्ज — शनिबार रातिदेखि परेको अबिरल वर्षापछि नेपालगञ्ज उपमहानगरको अधिकांश स्थान जलमग्न भएको छ ।

कतिपय स्थानीयका घरमा पानी पसेको छ ।


ढलको पानी घरमा पस्दा सर्वसाधारणहरुलाई सास्ती भएको छ । प्लास्टिक फोहोरले ढल बन्द भइ पानी निकास हुन नसकेपछि डुबानको समस्या हुने गरेको हो ।


नेपालगन्जको सेतुबिक चोक, धम्बोझी, सदरलाईन, गणेशपुर, इन्द्रपुरका सडकहरुमा ढलजस्तै पानी बग्दा आउजाउमा समस्या भएको छ ।


जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख टेकबहादुर तामाङले डुबानमा परेका घरहरुको संख्या यनिक गर्ने काम भइरहेको बताए ।

प्रकाशित : श्रावण २०, २०७५ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्