पाँच तारे होटल भन्दा कम छैन वीर अस्पतालको अति विशिष्ट कक्ष

विद्या राई

काठमाडौँ — वीर अस्पतालमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीको उपचारका लागि अति विशिष्ट उपचार कक्ष तयारी अवस्थामा भएपनि प्रयोगमा छैन । 

उक्त कक्ष कुनै पााचतारे होटलको सुइट रुम भन्दा कम छैन ।   

राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री सामान्य विरामी पर्ने बित्तिकै उपचारका लागि विदेश पुग्छन् । तर यहाँ आएका छैनन् । प्रयोगमा नआएपछि बेड, सोफा, मेसिनरी सामानहरु प्लाष्टिक र कपडाले छोपेर राखिएका छन् ।

विशिष्ट कक्षमा भने तत्कालिन स्वास्थ्यमन्त्री गिरीराजमणी पोखरेल, पुर्वप्रधानमन्त्री माधवकुमार नेपाल तथा केही सभासद्ले सेवा लिइसकेका छन् । त्यसयता भने बिशिष्ट कक्षमा पनि सेवा लिन आएका छैनन् ।  

तस्बिरहरुः विद्या राई कान्तिपुर

प्रकाशित : श्रावण २०, २०७५ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्