मनमोहक स्यार्पूताल [फोटोफिचर]

हरि गौतम

रुकुम पश्चिम — साउनको पहिलो सातादेखि बाँफिकोट गाउँपालिकामा अवस्थित स्यार्पूताल भरिन उकालो लाग्छ, मध्यतिर आइपुग्दा ताल भरीभराउ । भरीभराउ ताल हेर्न हाल दैनिक एक सय सर्वसाधारण स्यार्पूताल पुग्छन् । बाँफिकोट गाउँपालिका–३ र ५ फैलिएको ताल अचेल भरिभराउ त छँदै छ, खास हेर्न लायक बनेको छ ।

हिउँदमा देखिने टाटा र ढुङ्गा, ढिस्कुला कतै देखिँदैनन् । हिउँदमा वस्तुभाउ चर्ने चउरको अनुमानै गर्न सकिन्न । वरिपरिका गाउँसम्मै स्यार्पूताल पुगेको छ । पारिपट्टिको स्यार्पूगाउँ, वारिपट्टिको दहगाउँको आँगनसम्मै स्यार्पूताल पुगेको छ । डम्म स्यार्पूतालमा र्‍याफ्टिङ गर्नेहरु खुसी देखिन्छन् । अतिथिगृहबाट डुङ्गा चढ्नेहरु खारखोला, स्यार्पूगाउँ, भ्यूटावरतिर घुमिरहेको दृश्य अझ मनमोहक देखिन्छ । ताल ढोलिन (पोखिन) थालेपछि स्यार्पूताल भरियो भन्ने थाहा हुन्छ । पश्चिमपट्टिको कुनाबाट स्यार्पू ढोलिएर सानीभेरीमा मिसिन्छ ।

पूरानै नाप अनुसार स्यार्पूताल २.६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यद्यपि यो नाप धेरै पहिला लिएकाले फेरि नाप लिनुपर्ने आवश्यक्ता स्थानीयले बोध गरिसकेका छन् । पटक पटक आएको बाढी र चक्रपथ निर्माणको क्रममा तालभित्र खसेका ढुङ्गामाटाको साथै हरेक वर्ष बढ्दै गएको अतिक्रमण र मानवीय गतिविधिको कारण तालको पछिल्लो नाप लिन जरुरी भइसक्यो । ताल जति क्षेत्रफलमा फैलिएको छ । त्यो सबै क्षेत्रफलमा हाल पानी पुगेको छ ।

प्रकाशित : श्रावण २०, २०७५ २०:०४
प्रतिक्रिया
पठाउनुहोस्