फोटोफिचर
श्रावण २१, २०७५

यसरी निकालियो गोदावरी खोलामा बगेको कार

ललितपुरको महालक्ष्मीस्थान नगरपालिकाको सिद्धिपुर भएर बग्ने गोदावरी खोलामा सोमबार बिहानै कारबग्यो । रातभरको वर्षात्‌ले खोला बढेका बखत लुभुबाट काठमाडौंतर्फ आउँदै गरेको बा१४च ४७२९ को कार बिहान करिब ६ बजेतिर बगेको हो । कार चालक (धनी) भने सकुशल रहन सफल रहेको स्थानीयले बताए ।

नारायणगढ-मुग्लिन सडक सुधारियो, चालक सुध्रिएनन्

नारायणगढ मुग्लिन सडकमा पहिरोले मात्रै यात्रुलाई पिरोल्दैन । पहिरो सफा भएपछि सडकमा तछाड मछाड गर्दै दौडने गाडीहरुका कारण पनि घण्टौ जाम हुन्छ । सोमबार बिहान नौ बजे लु १ ख ८७६२ नम्बरको गाडी चढेर काठमाडौं जान हिँडेका बिनोद धिताल दुई बजे बल्ल मुग्लिन पुगे । चार बज्दा उनी फिस्लिङ पनि कट्न सकेका थिएनन् ।

'बोलबम' तिर्थालु जल लिन सुन्दरीजल

साउनको सोमबारमा शिवलाई शुद्ध जल चढाउँदा मनोकामना पुरा शास्त्रीय मान्यता अनुसार बोलबम तिर्थालुहरु जल लिनका लागि साउने झरीको वेवास्ता गर्दै सुन्दरीजलसम्म पुग्ने गर्छन् ।

श्रावण २०, २०७५

दुईवटा विषालू गोमन सर्पलाई यसरी नियन्त्रणमा लिए प्रेम विष्टले [फोटो फिचर]

विषालू सर्पहरुलाई समातेर चर्चा कमाएका प्रेम विष्ट पछिल्लो समय सर्प सम्बन्धि जनचेतना फैलाउने काममा सक्रिय छन् । मोरङ्को विराटनगर निवासी विष्टले गत साता उर्लाबारीस्थित सेक्टर वन कार्यालय म‌ंगलबारेमा विषालू सर्प सम्बन्धि जानकारी दिदै थिए ।

मनमोहक स्यार्पूताल [फोटोफिचर]

साउनको पहिलो सातादेखि बाँफिकोट गाउँपालिकामा अवस्थित स्यार्पूताल भरिन उकालो लाग्छ, मध्यतिर आइपुग्दा ताल भरीभराउ । भरीभराउ ताल हेर्न हाल दैनिक एक सय सर्वसाधारण स्यार्पूताल पुग्छन् । बाँफिकोट गाउँपालिका–३ र ५ फैलिएको ताल अचेल भरिभराउ त छँदै छ, खास हेर्न लायक बनेको छ ।

पाँच तारे होटल भन्दा कम छैन वीर अस्पतालको अति विशिष्ट कक्ष

वीर अस्पतालमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीको उपचारका लागि अति विशिष्ट उपचार कक्ष तयारी अवस्थामा भएपनि प्रयोगमा छैन । 

श्रावण १८, २०७५

छिन्चु–जाजरकोटमा पुल नहुँदाको सास्ती (फोटोफिचर)

छिन्चु–जाजरकोट सडकको बनगार खोलामा आएको बाढी र ठाँउ ठाँउमा खसेको पहिरोले यात्रुलाई सास्ती भएको छ । सल्लीबजवारस्थित बनगार खोलामा पुल नहुँदा हरेक वर्षातमा यातायातका साधन खोला तर्न नसकेर यात्रु अलपत्र पर्ने गरेका छन् ।

श्रावण १७, २०७५

इन्द्रेणीले घेरियो मायादेवी [फोटोफिचर]

बुद्धजन्म स्थल लुम्बिनीस्थित मायादेवी मन्दिर एक्कासी ईन्द्रधनुषबाट घेरिँदा निक्कै मनमोहक देखिएको छ ।उत्तर तिरबाट विस्तारै बन्दै गएको सप्तरंगी ईन्द्रधनुष दक्षिणतिर आउँदा रोमाञ्चक दृश्य देखिएको थियो । मायादेवी मन्दिर वरपर रहेको फोटोका सौखिन सर्वसाधारण र भिक्षु-भिक्षुणी फोटो खिच्न मन्दिर परिसरभित्र हतारिँदै पसेका थिए ।

बेंसीसहर–चामे सडक अवरुद्ध हुँदा सास्ती

बेंसीसहर नगरपालिका–६ चनौटे नजिकै उतिसघारी खरखरेमा पहिरो जाँदा हिमाली जिल्ला मनाङ जाने एकमात्र बेंसीसहर–चामे सडक अवरुद्ध भएको छ । बुधबार राति र बिहीबार बिहानको पहिरोले बेंसीसहरबाट उत्तरी लमजुङको मर्स्याङदी गाउँपालिकामा समेत सवारी आवागमन ठप्प भएको छ ।