फोटोफिचर

Photo Feature

भक्कानिए डा. केसी [तस्बिरहरु]

२७ दिनको अनशनले कमजोर भएका डा. गोविन्द केसीको १३ दिनसम्म शिक्षण अस्पतालमा उपचार भयो । सामान्य उपचारले नधानेपछि उनलाई सघन उपचार कक्ष (आईसीयु)मा समेत ६ दिन राखियो । जब तंग्रिन थाले, तब उनी मंगलबार डिस्चार्ज भए ।

भक्कानिए डा. केसी [तस्बिरहरु]

चिटिक्क चैनपुर

बझाङको सदरमुकाम चैनपुर भौगोलिक अवस्थितिका हिसाबले सुदुरका पहाडी जिल्लाहरु कै सुन्दर सदरमुकाम भनेर चिनिन्छ । तीनतीरबाट सेती नदी र बाहुलीगाड खोलाले घेरिएको यो उपत्यका बर्खा याममा झनै सुन्दर देखिन्छ ।

चिटिक्क चैनपुर
श्रावण २१, २०७५

यसरी निकालियो गोदावरी खोलामा बगेको कार

ललितपुरको महालक्ष्मीस्थान नगरपालिकाको सिद्धिपुर भएर बग्ने गोदावरी खोलामा सोमबार बिहानै कारबग्यो । रातभरको वर्षात्‌ले खोला बढेका बखत लुभुबाट काठमाडौंतर्फ आउँदै गरेको बा१४च ४७२९ को कार बिहान करिब ६ बजेतिर बगेको हो । कार चालक (धनी) भने सकुशल रहन सफल रहेको स्थानीयले बताए ।

यसरी निकालियो गोदावरी खोलामा बगेको कार

नारायणगढ-मुग्लिन सडक सुधारियो, चालक सुध्रिएनन्

नारायणगढ मुग्लिन सडकमा पहिरोले मात्रै यात्रुलाई पिरोल्दैन । पहिरो सफा भएपछि सडकमा तछाड मछाड गर्दै दौडने गाडीहरुका कारण पनि घण्टौ जाम हुन्छ । सोमबार बिहान नौ बजे लु १ ख ८७६२ नम्बरको गाडी चढेर काठमाडौं जान हिँडेका बिनोद धिताल दुई बजे बल्ल मुग्लिन पुगे । चार बज्दा उनी फिस्लिङ पनि कट्न सकेका थिएनन् ।

नारायणगढ-मुग्लिन सडक सुधारियो, चालक सुध्रिएनन्

'बोलबम' तिर्थालु जल लिन सुन्दरीजल

साउनको सोमबारमा शिवलाई शुद्ध जल चढाउँदा मनोकामना पुरा शास्त्रीय मान्यता अनुसार बोलबम तिर्थालुहरु जल लिनका लागि साउने झरीको वेवास्ता गर्दै सुन्दरीजलसम्म पुग्ने गर्छन् ।

'बोलबम' तिर्थालु जल लिन सुन्दरीजल
श्रावण २०, २०७५

दुईवटा विषालू गोमन सर्पलाई यसरी नियन्त्रणमा लिए प्रेम विष्टले [फोटो फिचर]

विषालू सर्पहरुलाई समातेर चर्चा कमाएका प्रेम विष्ट पछिल्लो समय सर्प सम्बन्धि जनचेतना फैलाउने काममा सक्रिय छन् । मोरङ्को विराटनगर निवासी विष्टले गत साता उर्लाबारीस्थित सेक्टर वन कार्यालय म‌ंगलबारेमा विषालू सर्प सम्बन्धि जानकारी दिदै थिए ।

दुईवटा विषालू गोमन सर्पलाई यसरी नियन्त्रणमा लिए प्रेम विष्टले [फोटो फिचर]

मनमोहक स्यार्पूताल [फोटोफिचर]

साउनको पहिलो सातादेखि बाँफिकोट गाउँपालिकामा अवस्थित स्यार्पूताल भरिन उकालो लाग्छ, मध्यतिर आइपुग्दा ताल भरीभराउ । भरीभराउ ताल हेर्न हाल दैनिक एक सय सर्वसाधारण स्यार्पूताल पुग्छन् । बाँफिकोट गाउँपालिका–३ र ५ फैलिएको ताल अचेल भरिभराउ त छँदै छ, खास हेर्न लायक बनेको छ ।

मनमोहक स्यार्पूताल [फोटोफिचर]

पाँच तारे होटल भन्दा कम छैन वीर अस्पतालको अति विशिष्ट कक्ष

वीर अस्पतालमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीको उपचारका लागि अति विशिष्ट उपचार कक्ष तयारी अवस्थामा भएपनि प्रयोगमा छैन । 

पाँच तारे होटल भन्दा कम छैन वीर अस्पतालको अति विशिष्ट कक्ष
श्रावण १८, २०७५

छिन्चु–जाजरकोटमा पुल नहुँदाको सास्ती (फोटोफिचर)

छिन्चु–जाजरकोट सडकको बनगार खोलामा आएको बाढी र ठाँउ ठाँउमा खसेको पहिरोले यात्रुलाई सास्ती भएको छ । सल्लीबजवारस्थित बनगार खोलामा पुल नहुँदा हरेक वर्षातमा यातायातका साधन खोला तर्न नसकेर यात्रु अलपत्र पर्ने गरेका छन् ।

छिन्चु–जाजरकोटमा पुल नहुँदाको सास्ती (फोटोफिचर)